५ आश्विन २०८१ शनिबार
image/svg+xml

रोकिएन विस्फोट शृंखला

प्रदेश नम्बर २ र काठमाडौं उपत्यकाका तीन जिल्लाकेन्द्रित विस्फोटका घटना बढेसँगै शनिबार बिदाको दिन पनि गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर सुरक्षा प्रबन्ध चुस्त बनाएको दाबी ग¥यो । मन्त्रालयका अधिकारीले ‘नयाँ सुरक्षा रणनीति अपनाएकाले अब बम नपड्कने’ दाबी गरे।

उम्मेदवारलाई लक्षित गरी बम विस्फोट, गाडीमा क्षति

चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरी तेह्रथुमको छथर गाउँपालिका–१, आङ्दिममा आज बम विस्फोट भएको छ ।

कुपन्डोलमा बम विस्फोट

ललितपुरको कुपन्डोलमा बम विस्फोट भएको छ । विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । साँझपछि विस्फोटको आवाज आएपछि प्रहरी परिचालन गरिएको थियो । कुपण्डोलमा विस्फोट भएको भनिएपनि के भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

उम्मेदवारलाई लक्ष्य गरी बम विस्फोट

सिद्धराज नगरपालिका(९ भगवानपुरमा नयाँ शक्ति पार्टीबाट प्रतिनिधिसभा क्षेत्र नं ३ का उम्मेदवार इलियास सुलसमान चढेको गाडीलाई लक्ष्य गरी अज्ञात समूहले आज अपराह्न बम विस्फोट गराएको छ ।

विस्फोटक सामग्रीसहित दुई भारतीय नागरिक पक्राउ

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसबाट दुई भारतीय नागरिकलाई प्रहरीले विस्फोटक सामग्रीसहित आज पक्राउ गरेको छ ।

बम विस्फोटमा १४ महिने बालकसहित ५ घाइते

इटहरी उपमहानगरपालिका वडा नं. ९ भलादमी टोलमा कांग्रेस नेता विजयकुमार गच्छदार सहभागी कार्यक्रम स्थलनजिकै बिहीबार दिउँसो बम विस्फोट हुँदा १४ महिने बालकसहित पाँचजना घाइते भएका छन्।

इटहरीको भलाद्मी टोलमा बम विस्फोट, १४ महिनाको बच्चासहित ४ घाइते

इटहरी उपमहानगरपालिा–९ स्थित भलाद्मी टोलमा बम विस्फोट हुँदा चार जना घाइते भएका छन्। घाइते हुनेमा १४ महिनाको बच्चा यमन न्यौपाने, १६ वर्षीया सिर्जना अधिकारी, १६ वर्षीया समृना अधिकारी तथा ४० वर्षीय धनबहादुर श्रेष्ठ रहेका छन्।

बम विस्फोटमा मारिएका म्यादी प्रहरीका परिवारलाई १० लाख दिइने

सरकारले बम विस्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप रु १० लाख दिने निर्णय गरेको छ।

बम विस्फोटमा घाइते काँग्रेस उम्मेदवारलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का नेपाली काँग्रेस उम्मेदवार नारायण कार्की बम विष्फोटमा परी गम्भीर घाइते भएका छन्। चुनाबी अभियानमा कटारीदेखि नेपालटारतर्फ जाने क्रममा कार्कीसहिका कार्यकर्ता चढेको गाडी उदयपुरगढी गाउँपालिका ६, दनुवारबेँसीमा बुधबार विहान ९ः३० बजे कुकरबम एम्बुसमा परेको हो। घटनामा ४ जना घाइते भएका छन्।

बम विस्फोटका घाइतेलाई काठमाडौँ पठाइयो

उम्मेदवारलाई लक्ष्य गरेर राखिएको एम्बुस विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली काँग्रेसबाट उदयपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की र स्ववियु सभापति मीरा कटुवाललाई उपचारका लागि अहिले हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।

सिटौलाको घरमा बम विस्फोट

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाको झापा सदरमुकामस्थित घरमा मंगलबार बिहान बम विष्फोट भएको छ । बिहान पौने १ बजे सिटौलाको चन्द्रगढीस्तिथ निवासमा बिप्लव समूहले बिस्फोट गराएको हो ।

चीनको जियाङ्बीमा शक्तिशाली विस्फोट

चीनको जियाङबी जिल्लामा रहको एक कारखानामा बिस्फोट भएको छ । उक्त बिस्फोटका कारण आसपासका भवनहरु भत्किएका छन् ।

एमाले पार्टी कार्यालय नजिकै बम विस्फोट

पोखरा लेखनाथ ९ नयाँ बजार स्थित एमाले पार्टी कार्यालय नजिकै प्रेसर कुकर बम विस्फोट भएको छ। बम विस्फोट हुँदा आसपासका घरहरुको सटर कुच्चिएका छन्। कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले घटनाको पुष्टि गर्दै कुनै मानवीय क्षति नभएको जानकारी दिए ।

मन्त्रीको घरमा बम विस्फोट

सहकारी एवं गरिबी निवारण राज्य मन्त्री चम्पादवी खड्काको घरमा बम बिस्फोट भएको छ । बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेकी खड्को बागलुङ नगरपालिका—२ लालीगुराँस चोकमा घरमा गयराती करिब पौने ११ बजेको समयमा विस्फोट भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्