मलेखु- काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसबाट दुई भारतीय नागरिकलाई प्रहरीले विस्फोटक सामग्रीसहित आज पक्राउ गरेको छ ।
धुनीबेँसी नगरपालिकास्थिगत त्रिभुवन राजपथको खानीखोलामा गाडी चेकजाँचको क्रममा ना७ख ४९७६ नं को बसमा सवार भारत आसामका २३ वर्षीय राजु विश्वास र पश्चिम बंगालका ३० वर्षीय मोहमद फरमान अलीलाई विष्फोटक सामग्रीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए ।
बस चेकजाँचको क्रममा एउटा प्रेसरकुकर बम, दुई सकेट बम र विस्फोटक पदार्थ भेटिएको छ ।
प्रकाशित: १५ मंसिर २०७४ ०७:४३ शुक्रबार