३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

हेटौंडाका मेयर आकांक्षीद्वारा पहिचान पुनःस्थापित गर्ने घोषणा

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा हेटौंडा उपमहानगरपालिकामा मत आफ्नो पक्षमा पार्न राजनीतिक दल अन्तिम चरणको प्रचारमा जुटेका छन्। ७२ घन्टे मौन अवधि सुरु हुनुअघि नै दलहरु मतदातानजिक पुग्न तीव्रताका साथ लागेका छन्।

मानव तस्कर  १२१ को पहिचान

नेपाली महिलालाई अवैध तरिकाले खाडी मुलुक पुर्‍याई घरेलु कामदारको रुपमा बेच्न एक सय २१ भन्दा बढी तस्कर तथा एजेन्ट नेपालमा सक्रिय रहेको खुलेको छ। घर मालिकको यातना सहन नसकी भागेर खाडी मुलुकस्थित नेपाली दूतावास पुगेका महिलाले तस्करको पहिचान गरेका हुन्।

तयार भयो घर, पहिचान भएनन् गरिब

सहुलियत दरमा भाडा वा निश्चित समयका लागि एकमुष्ठ रकम लिएर अपार्टमेन्ट प्रयोग गर्न दिने मापदण्ड तयार भएको छ तर कसका लागि, कसरी कार्यान्वयनमा ल्याउने अन्योल छ।

नारायणगढ–मुग्लिन सडकमा जोखिम क्षेत्रको पहिचान गरिने

सडक चौडा पार्ने क्रममा रहेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा जोखिम क्षेत्र पहिचान गरिने भएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक नारायण भट्टले विज्ञ तथा इन्जिनियरको सहभागितामा जाँच गरेर उक्त सडकखण्डमा जोखिम क्षेत्रको पहिचान गर्ने जानकारी दिए । उनले विज्ञ इन्जिनियर र भूगोलविद्को सहभागितामा जोखिम क्षेत्र पहिचान गरी सो क्षेत्रमा आवश्यक सावधानी अपनाउने निर्णय भएको जानकारी दिए।

सवाल पहिचानको

जब कहीँ परिचयको क्रम चल्छ, आफ्नो नाम बताइसकेपछि म असमञ्जसमा पर्छु– मेरो घर कहाँ हो? सामान्यतः परिचय गर्दा अरु केही नभए पनि एउटा व्यक्तिको थर र घर बताउने चलन हुन्छ। जहाँ पनि र जहिले पनि व्यक्तिको प्रमुख पहिचान त्यही नै देखिन्छ अनि मात्र बाँकी परिचयका कुराहरु अगाडि बढ्छन्। यो क्रममा भने मेरो फरक अनुभूति छ ।

दुई हप्ता बित्दा समेत युवती हत्यामा संलग्नको पहिचान भएन

दुई हप्ता बित्दा समेत लिच्कीराम्चे–८ की १७ वर्षीय रिता तामाङको हत्यामा संलग्न दोषी पहिचान गर्न सकेको छैन। माघ २६ गते बुधबार छिमेकी गाबिस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेकी किशोरीको हत्यामा संलग्न दोषी हालसम्म पहिचान हुन नसकेको हो।

'नेपालको पहिचान हिन्दूत्व नै हो'

वरिष्ठ वामपन्थी नेता मोहनचन्द्र अधिकारीले ‘मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपले उत्पन्न भएको आन्तरिक द्वन्द्वले अहिले राष्ट्रिय राजनीतिमा जटिलता आएको’ बताएका छन्।

टोखामा एक घर, एक पहिचान

राजधानीको उत्तरी प्रवेशद्वारका रूपमा रहेको टोखामा एक घर एक सम्पदा तथा पहिचान कार्यक्रम अगाडि सारिएको छ। प्राचीन बस्ती टोखाका प्रत्येक घरमा रहेका सम्पदालाई जीवन्त बनाइराख्न यस्तो योजना अगाडि सारिएको हो।

ढुक्क हुनुस्, थारुको पहिचान खोसिन्नः मन्त्री महत

-परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले थारुलगायत संविधान प्रति असन्तुष्ट सबै समूदाय वा समूहको माग सम्बोधन हुने बताएका छन्। दाङको चखौरामा मंगलबारदेखि सुरु भएको दुईदिने थारु महोत्सवमा बोल्दै मन्त्री महतले पहिचान संरक्षणका लागि चिन्तित थारुको पहिचान नखोसिने बताए।

राष्ट्रिय पहिचानका आधार भत्काउने प्रयास भइरहेको छ: पूर्व राजा

पूर्व राजा ज्ञानेन्द्र शाहले मूलूकका शान्तिप्रिय जनताबीचको एकता विथोल्ने कार्य भइरहेको बताएका छन्। पृथ्वी जयन्तीमा शुभकामना दिँदै पूर्व राजाले देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दूर्वल तूल्याउने, भौगोलिक एवं क्षेत्रीय अखण्तामाथि प्रहार गर्ने कार्यमा जसले गरे पनि अक्षम्य अपराध हुने बताएका छन्। भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने प्रयास समेत भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।

सिआइएका एजेन्ट, जसले सद्दाम हुसेनको पहिचान गरे

सन् २००३ मा इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेन पक्राउ परे । उनलाई पहिचान गर्न सिआइएलाई एक विशेषज्ञको आवश्यकता थियो । उनी थिए– थे जोन निक्सन ।

गृह श्रमिकलाई पहिचान दिन माग

गृह श्रमिकले पहिचानसहितको जिविकोपार्जनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। घर भित्र बसेर गरिएको आफूहरुको श्रमको मूल्यांकन सरकार र सम्बन्धित निकायबाट नहुने गरेको भन्दै उनीहरुले अन्य श्रमलाई दिए सरह गृह श्रमिकको पनि पहिचान कायम गर्न माग गरेका हुन्।

डार्फरमा अपहरित दुई नेपालीको पहिचान, छुटाउन राष्ट्रसंघको पहल

सुडानको डार्फरमा बन्दुकधारीहरुद्धारा अपहरित दुई नेपालीलाई छुटाउन संयुक्त राष्टसंघको कार्यलयबाट पहल भइरहेको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी मामिलासम्बन्धी नियोग (युएनएचिसआर) को सुडान कार्यलयमा कार्यरत उनीहरुलाई विभिन्न माध्यमबाट वार्ता र पहल भइरहेको राष्ट्रसंघीय कार्यालयले जनाएको छ।

पूर्वगृहमन्त्री घिमिरे चढेको कार त्रिशुलीमा खसेर बेपत्ता, तीन मृतकको पहिचान

पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको कार त्रिशुली नदीमा खसेको छ। मुग्लिङ प्रहरीले उनी चढेको कार पाैनै ५ बजे चितवको दारेचोक, घोप्टेभिरबाट त्रिशुलीमा खसेको हो।

पहिचान र साँघुरिँदो राष्ट्रियता

संस्कृति मानवीय सिप, लगन, श्रम र मेहनतको प्रतिफल हो। विश्वभरका मानवद्वारा सिर्जित संस्कृति विश्व संस्कृतिको दायराभित्र पर्छ। विश्व श्रम बजारमा विश्व संस्कृतिका अनेकन् रंग र आयाम सिर्जना भई चाकाचुलीझैँ फनफनी घुमिरहेछन्। अमूर्त संस्कृतिको बाहकका रूपमा रहेको भाषाको निश्चित सीमा नभएझैँ विश्व संस्कृति विश्वजनिन मानव सिप र मेहनतमा मौलाएको हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्