पहिचान फेर्दै मूलपानी
कुनै बेला काठमाडौं उपत्यकाको फोहर फाल्ने ठाउँ मूलपानीको नागदह अहिले नेपाली क्रिकेटको नयाँ गन्तव्यका रूपमा स्थापित हुने क्रममा छ। केही महिनाअघि माथिल्लो मैदान निर्माण सम्पन्न भएर सञ्चालनमा आएयता राष्ट्रिय टोलीको प्रशिक्षणदेखि अन्य थुप्रै प्रतियोगिताका लागि मूलपानी मैदान कीर्तिपुरको विकल्पका रूपमा प्रयोग भइरहेको छ । नेपाली राष्ट्रिय टोलीको समेत प्रतिनिधित्व गरिरहेका खेलाडीहरूलाई समेट्दै पछिल्लो एक सातादेखि मूलपानी मैदानमा दोस्रो खुकुरी कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता भइरहेको छ, मूलपानीको पहिचान परिवर्तन गर्दै।