५ आश्विन २०८१ शनिबार
image/svg+xml

सामाजिक सञ्जाल मुलधारको मिडिया होइनः मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल मूलधारको सञ्चार माध्यम नभएकाले त्यसमा आएका सूचनालाई सरकारले आधिकारिक नमान्ने बताएका छन्।

गोकर्ण विष्टको गुनासोः सामाजिक सुरक्षा योजनामा रोजगारदाता संस्थाका नेताको असहयोग

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारदाता संस्थाका नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको गुनासो गरेका छन्।

सामाजिक सद्भाव साझा अपेक्षा

टीकापुरवासी २०७२ भदौ ७ र ८ गतेको दुःखद घटना बिर्सन चाहन्छन्। उनीहरू त्यस्तो त्रासदीपूर्ण क्षण अब कहिल्यै नआओस् भन्ने कामना गर्छन्। यहाँको समुदाय मिलेर बस्न चाहिरहेको छ। चार वर्षमा समुदायलाई मिलाउने थुप्रै प्रयाससमेत भएका छन्।

सामाजिक सञ्जालमा आलोचित सोनम

बलिउड अभिनेत्री सोनम कपुर सामाजिक सञ्जालको ट्रोलमा छाएकी छिन्। सन् २०१६ मा बनेको उनी अभिनित ‘नीरजा’ फिल्म पाकिस्तानमा प्रतिबन्धित भएको विषयमा भारतीय सञ्चार माध्यमसँग कुराकानी गरेपछि उनी फेरि सामाजिक सञ्जालको ट्रोलमा छाएकी हुन्।

नेपाली समाजमाथि व्यंग्य गर्दै ‘बिइङ टुगेदर’

चित्रकार लियो झन्कारले नेपाली संस्कृति र पर्यायवरणीय पक्षलाई तुलना गरेर चित्रकला कोरेका छन्। वनविनाशले वातावरणमा पारेको प्रभाव र नेपाली संस्कृतिमा पार्न सक्ने चुनौतीका विषयमा चित्रमार्फत विचार पोखेका छन्। ‘वातावरणमा विभिन्न कारणले गरेको प्रभावका कारण हाम्रो संस्कृतिमाथि असर गर्दै गरेको भाव मैले क्यानभासमा समावेश गरेको छु,’ उनले भने।

श्रम मन्त्रालयले भन्याे- श्रमिकको पारिश्रमिक बैंक खाताबाट मात्र भुक्तानी गर्नू

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम कानूनमा भएका व्यवस्थाबमोजिम श्रमिकको न्यूनतम् पारिश्रमिक दिन सम्पूर्ण प्रतिष्ठानलाई सचेत गराएको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै श्रम ऐन, २०७४ र श्रम नियमावली २०७५ ले तोकेअनुसार न्यूनतम् पारिश्रमिक र अन्य सेवा सुविधा इमान्दारिताका साथ उपलब्ध गराउन आग्रह गरेको हो।

आरक्षण, सामाजिकन्याय र प्रतिनिधित्व

लोकसेवाआयोगले गत जेठ १५ गते प्रकाशन गरेको विज्ञापनका पक्ष÷विपक्षमा बहस जारी छ। सीमान्तको दृष्टिकोणमा उक्त विज्ञापन असंवैधानिकतथा समानुपातिक समावेशीभावनाविपरीत छ। आयोगले करिब ८ हजार ९ सय ४४ सिटको विज्ञापन निकाल्दा ४५ प्रतिशतआरक्षित सिटको लागि ४,०२५ सिट प्रचलित ऐनअनुसार समानुपातिक समावेशिताका लागि छुट्याउनुपर्ने थियो। तरआयोगले २,२६२ सिट मात्र छुट्याएको छ। जसका कारण १,७६३ सिट अपहरणमा परेको छ।

सामाजिक अभियन्ता कुमारको भलिबलमा इन्ट्री : एसियन च्याम्पियनशीप ‘क्या गरे है’ भन्ने बनाउने

हाम्रो भलिबल र मुलुकको इज्जतसँग जोडिएको एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिता कुनै हालतमा सफल बनाउनुपर्छ। यहाँ आउने विदेशी पाहुनामाँझ क्या गरे है भन्ने बनाउनुपर्छ।

प्रदेश १ को बजेट: नारामा मात्र सामाजिक न्याय

कूल ४३ अर्ब २० करोड बजेटमा दलितले प्रत्यक्ष पाउने भनेको १ करोड ४० लाख हो, जसलाई प्रतिशतमा पनि हिसाब गर्न सकिँदैन। सामाजिक न्यायका हिसाबले दलितको भागमा परेको उक्त बजेटलाई न्यायसंगत मान्न सकिन्न।

चर्चामा कपडा बैंकिङ्

मन भए नहुने के छ र? दुइ जनाको सोचले जन्माएको एउटा सामाजिक कार्य जुन अहिले चर्चामा छ। प्रसंग अनामनगरमा रहेको कपडा बैंकको। सुरू भएको दुइ साता पनि नपुग्दै यसले जनमानसमा एउटा सकारात्मक सन्देश मात्र दिएको छैन आवश्यकतामा परेकाहरूलाई कपडा पुर्याएर मानवीयता पनि निभाएको छ।

दक्षिण कोरियाको निजी क्षेत्रलाई नेपालमा लगानी गर्न मन्त्री विष्टको आग्रह

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालमा पनि रोजगारीको अवसर सृजना हुनेगरी लगानी गर्न दक्षिण कोरियाको निजी क्षेत्रलाई आग्रह गरेका छन्। मन्त्री विष्टले दक्षिण कोरियाले नेपाली कामदारलाई गुणस्तरीय रोजगारीको अवसर दिएको उल्लेख गर्दै अव नेपालमै रोजगारीको अवसर सृजना हुने गरी लगानी गर्न आग्रह गरेका हुन्।

भड्किलो प्रचार, फितलाे कार्यान्वयन

योगदानमा आधारित सामाजिक सुरक्षा योजना नेपाली कांग्रेसको सरकारले ल्याएको हो। यसलाई फेरि वर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले तामझामका साथ भड्किलो प्रचारप्रसार गर्दै नयाँ युगको सुरुवात भन्दै आफ्नो पोस्टर काठमाडौँका पोलपोलमा टाँस्न लगाएर २०७५ मंसिर ११ गते लागू भएको घोषण गर्नुभयो, तर यसको कार्यान्वयन भने यही साउन १ गतेदेखि भएको छ। तर उक्त कार्यक्रममा १ प्रतिशत पनि रोजगारदाता सामेल हुन सकेका छैनन्। सरकारको पटकपटकको निर्देशन हुँदा पनि रोजगारदाता कार्यक्रमप्रति इच्छुक देखिन्नन्।

फेस एपमा रमाउँदै कलाकारहरू

अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल आफ्नो बुढ्यौली फोटो सार्वजनिक गरेका छन्। फुलेका कपाल र चाउरी परेर बुढ्यौली झल्काएको फोटो फेस एपले बनाइदिएपछि उनको बुढ्यौली झल्काउने फोटोले चर्चा पाइरहेको छ। जुनसुकै उमेर समूहका मानिसहरूले आफ्नो बुढेयौलीपनको झलक फोटो फेस एपले बनाइदिएपछि कलाकारहरू यसमा रमाउन थालेका छन्।

सूचीकरण हुन तीन महिना थप

औपचारिक रूपमा दर्ता भएका उद्योेग, प्रतिष्ठानको तुलनामा निकै थोरै मात्र सूचीकरण भएपछि कोष सूचीकरणको म्याद थप्न बाध्य भएको हो

‘गल्तीबाट पाठ सिक्नु जरुरी छ’

राष्ट्रपतिको कार्यालय शीतल निवासमा गत शुक्रबार चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार वितरण कार्यक्रममा नृत्य प्रस्तुत गर्न सहभागी कलाकारहरूले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्