५ आश्विन २०८१ शनिबार
image/svg+xml

साउनदेखि सामाजिक सुरक्षा कोष संकलनको काम थालिने

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले अहिले सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने काम भइरहेको र आगामी साउनबाट सो कोष संकलनको काम पनि सुरु गर्ने जानकारी दिए।

वडाध्यक्षले त्यागे सरकारी सुविधा

जनप्रतिनिधिका हिसाबले आफूले पाउने दैनिक भ्रमणभत्ता र मासिकरूपमा पाउँदै आएको पारिश्रमिकबापतको रकम सामाजिक कार्यमा खर्च गर्ने उनले बताएका हुन्।

पहेँलो कार्ड बनाएकालाई भत्ता

नेपाल सरकारले हालसम्म रातो र नीलो वर्गको कार्ड पाएका अपाङ्गता भएका व्यक्तिलाई मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएकामा गाउँपालिकाले पहेँलो कार्ड पाएका नागरिकलाई पनि सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो।

अनि अस्ताइन् योगमाया

पूर्वी नेपालको भोजपुरकी सामाजिक अभियन्ताका रूपमा परिचित योगमायालाई अहिले पनि एउटा क्रान्तिकारी सामाजिक योद्धाका रूपमा लिइन्छ। तत्कालीन राणाकालिन शासनको परिवेशमा जातीय भेदभाव, समाज सुधार, सतीप्रथा अन्त्यमा उनले गरेको आन्दोलन वर्तमान समयमा पनि इतिहासका पानामा सुरक्षित छन्। यिनै योगमाया यतिबेला राजधानीको बत्तीसपुतलीस्थित शिल्पी थिएटरको गोठाले नाटकघरमा हरेक दिन झुल्किरहेकी छन्।

होच्याए मात्र पाँच वर्ष कैद र १५ लाख जरिवाना प्रस्ताव

संसद्को विकास तथा प्रविधि समितिद्वारा गठित उपसमितिले सूचना तथा प्रविधिसम्बन्धी विधेयकलाई खुकुलो बनाउनुको साटो थप कडा बनाएर प्रतिवेदन बुझाएको छ।

सामाजिक सञ्जालबाट अपमान गरे ६ महिना कैद

सामाजिक सञ्जालमा कसैको अपमान गरेमा ५० हजार रुपैयाँ जरिबाना र छ महिना कैद हुनेगरी कानुन ल्याउन प्रस्ताव अघि सारिएको छ।

सामाजिक परिचालिका केन्द्रीय समन्वय समितिका सबै महिला नेकपा प्रवेश

सामाजिक अभियान्ताका रुपमा गाउँगाउँमा कार्यरत रहँदै आएका सामाजिक परिचालिका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्।

साइबर अपराधमा २० देखि ३० वर्षका युवा बढी

मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा समेत वृद्धि भएको छ। पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो।

पेस्तोल ताकेको तस्बिर ह्वाट्सएपमा राखेर एक जोडीले गरे आत्महत्या

उनीहरुले एक अर्कालाई गोली हानेर आत्महत्या गरेका हुन्। आत्महत्या पहिले उनीहरुले सामाजिक सञ्जाल ह्वाट्सएप ग्रुवमा एउटा तस्बिर राखे।

स्कुललाई डिप्रोक्सको सहयोग

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

श्रममन्त्री विष्टमा लुकेकाे स्वार्थः सम्झौता कार्यान्वयनमा किन देखिए उदासीन ?

२०७५ कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सम्झौता हुँदै गर्दा हर्षित देखिएका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट त्यसको ठिक पाँच महिनापछि अर्थात चैत ११ गते अझ बढी प्रफुल्लित मुद्रामा देखिए। त्यसदिन मन्त्री विष्ट उत्साहित देखिनुको कारण मलेसियाभन्दा आकर्षक गन्तव्य जापान र नेपालबीच श्रम समझदारीमा हस्ताक्षर हुँदै थियो।

हजारौं युवा मारमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक वर्षदेखि मलेसिया रोजगारी बन्द गरेपछि त्यसको मारमा हजारौं युवा परेका छन्। सरकारको विरोधमा उत्रिएका म्यानपावर व्यवसायीले काम ठप्प पारेपछि त्यसको मार पनि युवामाथि नै परेको छ। रोजगारीका लागि सोमबार कतार उड्ने तयारी गरेका रामेछाम, मन्थलीका रमेश श्रेष्ठले बेरोजगार युवा वैदेशिक रोजगारीमा जान नपाउने अवस्था सिर्जना भएकाले सरकारलाई गम्भीर बन्न आग्रह गरे। म्यानपावरले काम ठप्प पारेका कारण उनी उड्न पाएनन्।

अमेरिका जान भिषा निवेदनमा सामाजिक सञ्जालको विस्तृत विवरण दिनुपर्ने

अमेरिकामा नयाँ लागेको नियम अनुसार अब अमेरिका जानको लागि आफ्नो समाजिक सञ्जालको विस्तृत विवरण पेश गर्नुपर्ने भएको छ । विश्वका जुनसुकै मुलकबाट अमेरिका जाने आप्रवासी तथा शरणार्थीबाट राज्यलाई हुनसक्ने खतराबाट बच्न भन्दै डोनाल्ड ट्रम्प प्रशासनले अमेरिका प्रवेशाज्ञा माग गर्ने सवै निवेदकको फोन नम्बर, इमेल ठेगाना र सामाजिक सञ्जाल प्रयोगको पाँच बर्षको विवरण माग गर्ने भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्