६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

धम्क्याएर पैसा उठाउने एक जना प्रहरीको फन्दामा

सर्वसाधारणलाई धम्क्याएर पैसा असुल गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बजारमा दिउँसै सर्वसाधारणलाई धाक धम्की दिई पैसा असुल गर्ने महोत्तरीका एक जनालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको हो।

ट्रकले ठक्कर दिंदा साइकलयात्रीको मृत्यु

चितवनमा ट्रकले ठक्कर दिंदा साइकलयात्रीको मृत्यु भएको छ। राप्ती नगरपालिका ४ स्थित पूर्व-पश्चिम राजमार्गमा गए राति पौने १० बजे पूर्वबाट आउदै गरेको बा.प्र. ०३–००१ ख १८६३ न. को ट्रकले ठक्कर दिंदा साइकलमा सवार ६५ बर्से हरि पाण्डेको मृत्यु भएको हो।

अब संघीयता अनुरूपको प्रहरी

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा संघीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८०-०८१ को बजेट वक्तव्यमार्फत संघीयताअनुरूपको प्रहरी समायोजन गर्ने जनाएको हो।

विराटनगरमा झडप,प्रहरीद्धारा अश्रुग्याँस प्रहार

प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आन्दोलनरत पहिचानवादीहरुले विराटनगरको देवकोटा चोकमा प्रदर्शन गरेका छन।

नियमित बजेटबाट प्रहरीलाई हतियार

प्रहरी प्रधान कार्यालयको नियमित लबिङ र गृह मन्त्रालयको आग्रहमा सरकारले प्रहरीलाई हतियार खरिदका लागि बजेट छुट्याउने व्यवस्था गर्न लागेको हो।

जगदीशपुर वन बाटिका निर्माण हुँदै

विश्व सिमसार क्षेत्रमा सुचीकृत कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुर ताल नजिकै जगदीशपुर वन बाटिका निर्माण गरिने भएको छ। झरना सामुदायिक वन क्षेत्र भित्र वन बाटिका निर्माण थालिएको हो।

प्रहरीभित्रको टक्कर सतहमा

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणको अनुसन्धानले नेपाल प्रहरीभित्रको आन्तरिक टक्कर सतहमा आएको छ।

बुढ्ढीमा प्रहरी चौकी स्थापना

कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर ४ बुढ्ढीको हुनुमान चोकमा प्रहरी चौकी स्थापना भएको छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले चौकी भवनको रिबान काटी शिखालेखमा छोपिएको कपडा उघारेर उदघाटन गरे।

किन प्रहरी परिसर पुगे आइजिपी कुँवर र महान्यायाधिवक्ता पोखरेल ?

प्रहरीले आइतबार सरकारी वकील कार्यालय काठमाडौंमा बुझाउने भनिएको नक्कली भुटानी शरणार्थी अनुसन्धान प्रतिवेदन अचानक रोकिएको थियो। शनिवार नै तयार भएको अनुसन्धान प्रतिवेदनमा प्रहरी महानिरीक्षक वसन्त कुँवर, महान्यायाधिवक्ता दीनमणि पोखरेलले चासो राखेपछि रोकिएको हो।

हिल्सा र लिमीमा प्रहरी चौकी पुनस्थापना

अत्याधिक चिसोका कारण मंसिरमा सदरमुकाम सिमकोट सारिएका हिमाली जिल्ला हुम्लाको उत्तरतर्फका दुई प्रहरी चौकी छ महिनापछि पुनस्थापना भएका छन्।

प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझायो अनुसन्धान प्रतिवेदन

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकिलको कार्यालयमा बुझाएको छ। करिब दुइ महिनाकाे अनुसन्धानपछि प्रहरीले आज प्रतिवेदन बुझाएकाे हाे।

५ लाख भारतीय नोटसहित २ जना पक्राउ

ट्र्याक्टरसँग ठोक्किएपछि मोटरसाइकलमा भाग्न खोज्ने कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २ जना करिब ५ लाख भारतीय नोटसहित पक्राउ परेका छन्।

आज सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउँदै प्रहरी

जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ।

प्रतिवेदन तयार गर्दै प्रहरी

नक्कली भुटानी शरणार्थी प्रकरणबारे रायसहितको अनुसन्धान प्रतिवेदन लेखनमा नेपाल प्रहरीको टोली सक्रिय भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्