६ आश्विन २०८१ आइतबार
image/svg+xml

वरिष्ठ कलाकार शम्भुराज थापाको काेराेनाबाट निधन

वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ। कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले जानकारी दिए।

गाईजात्रा हाँसो, ठट्टा मात्रै हैन : हाँस्यकलाकार कमल गाउँले

यस वर्षको गाईजात्रा पर्व ७ भदौमा छ। गाईजात्रा पर्वका अवसरमा बिभिन्न हाँस्यकलाकारहरुले वर्सेनी ब्यंग्यात्मक प्रस्तुतीहरु पस्कँदै आईरहेका छन्। यो पर्वमा गाईजात्रे प्रस्तुत गर्ने हाँस्यकलाकारको सूचिमा कमल गाउँले पनि पर्छन्।

नेपाली समसामयिक कलाको कालखण्ड

मोटामोटी रूपमा भारत र तिब्बत (चीन) बाट प्रभावमा परेर विकसित भएको हाम्रा मूर्तिकला, चित्रकला र वास्तुकलाको एउटा खण्ड र पश्चिमी मुलुकका कलाको दर्शन, कला निर्माण प्रक्रिया, सामग्री प्रयोग आदिलाई आधार मानेर अर्को खण्डको व्याख्या गर्ने परम्परा छ। स्थुल रूपमा यस्तो देखिए पनि सूक्ष्म रूपमा हेर्दा भने यसैभित्र पनि धेरै ससाना खण्ड विभाजित भएको देखिन्छ।

कोदोको रक्सी: ‘ब्यान्ड भर्सेस ब्रान्ड’को अध्ययन प्रतिवेदन तयार

घरेलु मदिरालाई ब्रान्डिङ, बजारीकरण तथा प्रवर्द्धनका लागि सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले गठन गरेको सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदलले प्रतिवेदन तयार पारेको छ।

सरकारका क्रियाकलाप विरुद्ध सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

नेकपा एमालेले सरकारका असंसदीय, अलोकतान्त्रिक र विभाजनकारी योजनाको सशक्त प्रतिवाद गर्ने बताएको छ। ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो।

ब्याज अनुदानका लागि ग्लोबल बैंकसँग सम्झौता

कर्णालीका कृषकलाई सहुलियत कर्जा र ब्याजमा अनुदान उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकार र ग्लोबल आइएमई बैंकबीच सम्झौता भएको छ।

इटहरीका मेयरले स्थानीयलाई कार्यालयमै थुने

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले बुधबार स्थानीयलाई कार्यालयमै दुई घण्टासम्म थुनेका छन्। मेयर चौधरीले इटहरी वडा नं. ४ आइतबारेका यामप्रसाद ढकाललाई कार्यालयमै बोलाएर थुनेका हुन्।

ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोज लगाउन सुरु

सोमबारबाट सरकारले कोभिडशिल्डको भ्याक्सिन लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई दोस्रो मात्राको खोप लगाउन सुरु गरेको हो। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप महाशाखाले भुटानबाट र जापानबाट आएका खोप ज्येष्ठ नागरिकहरुलाई लगाउन लागिएको हो।

नेपाली ‘पोट्रेचर’ कलाको नालीबेली

१९औँ शताब्दीको उत्तर्राद्धमा देखापरेका व्यक्तिचित्रसँगै हामीकहाँ ‘पोट्रेचर’ कलाको प्रारम्भ भएको मानिन्छ। यसअघि हामीकहाँ विद्यमान परम्परागत शैली र ढाँचाका व्यक्तिचित्र, मूर्ति र रेखाचित्र पाइन्छन्।

मुख्यमन्त्री र मन्त्रीबीच कार्य सम्पादन सम्झौता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री उषाकला राईबीच कार्य सम्पादन सम्झौता गरिएको छ। सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्रअन्तर्गत पर्ने कामकारबाहीलाई तोकिएको समयमा नै सम्पन्न गरी सामाजिक विकासका प्रादेशिक लक्ष्यहरू हासिल गर्ने योजनसाथ मंगलबार मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीबीचमा कार्यसम्पादन सम्झौता गरिएको हो।

काभ्रेमा भौतिक उपस्थितिमै पढाइ : विद्यार्थी-अभिभावक खुसी, शिक्षक दुःखी

कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढिरहेको छ। जोखिमका बीच पनि काठमाडौँ उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा भने भौतिक उपस्थितिमै पठनपाठन सुरु गरिएको छ।

श्रमिकलाई सधैं समस्या: ‘खोप प्रमाणीकरण पाउँदा युद्ध जितेजस्तो’

रोजगारीका राम्रा गन्तव्य मानिएका संयुक्त अरब इमिरेट्स (युएई) र कुबेतले कोरोनाविरुद्ध खोप नलगाएकालाई प्रवेश नदिने यसअघि नै घोषणा गरेका छन्। कतिपय मुलुकले खोप लगाएपछि प्रमाणीकरण गर्नुपर्ने सर्तसमेत अघि सारेका छन्।

एनएमबिका ग्राहकलाई बिगमार्टमा छुट

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई इएनएमबी मोबाइल बैंकिङबाट भुक्तानी गरी बिगमार्टबाट समान किन्दा छुट दिने भएको छ।

श्रमिकलाई खोप पाउनै मुस्किल

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोप दिन ढिला गर्ने हो भने गन्तव्य मुलुकको रोजाइमा खोपको जोहो गर्न सक्ने मुलुकका नागरिक पर्ने व्यवसायीको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्