२१ असार २०८१ शुक्रबार
image/svg+xml

लिस्टन कलेजद्वारा छात्रवृत्ति अवार्ड समारोह सम्पन्न

इलिस्टन कलेजले ‘एएए छात्रवृत्ति अवार्ड समारोह २०२२’ सम्पन्न गरेको छ। कलेजले शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गरेको विद्यार्थीहरूलाई पुरस्कृत गरेको हो।

गोल्डन ओक १२ औं कृति अवार्डस् सम्पन्न

नेपाल विज्ञापन संघद्वारा आयोजित 'गोल्डन ओक १२औं कृति अवार्डस २०७९' शनिवार होटल सोल्टिमा भव्य समारोहका बिच सम्पन्न भएको छ। ३१ वटा विभिन्न विधाको अवार्डस्का लागि ४५ वटा एजेन्सीहरूले सहभागीता जनाएका थिए। ति मध्य १५ एजेन्सीहरूले ५० वटा पुरस्कार पाएका छन्।

सिद्धार्थ बैंकलाई ‘एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेश २०२२’ अवार्ड

सिद्धार्थ बैंक ‘एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेश २०२२’ अवार्डबाट सम्मानित भएको छ। भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो।

ग्लोबल चेन्ज मेकर्स अवार्डद्वारा ३० जना सम्मानीत

उनीहरूको यो काम विश्वभरका युवाहरूलाई प्ररणा र थप उर्जामिल्ने भएकाले आगामी दिनहरुमा पनि युवाहरुको आवाज र ट्यालेन्ट बाहिर ल्याउनु नै कार्यक्रमको मुख्य उदेश्य रहेको अध्यक्ष घिमिरेले बताइन्।

१२औं कृति अवार्ड हुँदै

नेपाल विज्ञापन संघ (आन)ले यस वर्षको गोल्डेन ओक १२ औं कृति अवार्ड कार्यक्रम आगामी भाद्र २६ गते आयोजना गरिने भएको छ।

सुरु भयो सातौं आइसिटी अवार्डको अनलाइन नोमिनेसन

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणको अनलाइन नोमिनेशन जुलाई १ देखि सुरु भएको छ।

पोखरा स्पोर्टस् अवार्डमा टेनिसको ह्याट्रिक

पोखरा स्पोर्टस अवार्ड–२०७८ मा प्रदीप खड्का र अरुणा शाही सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुषमा टेनिसका प्रदीप र वर्ष सर्वोत्कृष्ट खेलाडी महिलामा भलिबलकी अरुणाले अवार्ड जितेका हुन्।

पोखरा स्पोर्टस् अवार्डः को होला सर्वाेत्कृष्ट खेलाडी?

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार पोखरामा पोखरा स्पोर्टस अवार्ड–२०७८ आयोजना हुँदैछ। विश्व खेलकुद दिवसको अवसर पारेर मञ्चले छैठौं पोखरा स्पोर्टस अवार्ड–२०७८ आयोजना गर्न लागेको आयोजक खेलकुद पत्रकार मञ्चले बताएको छ। विभिन्न ७ विधामा अवार्ड वितरण गरिने मञ्चले जनाएको छ।

भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्ने भएको छ। आगामि शनिबार हुने छैठौं पोखरा स्पोटर्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई उक्त अवार्ड प्रदान गर्न थालिएको हो।

पोखरा स्पोर्टस अवार्डको नोमिनेसन सार्वजनिक

पोखरा स्पोर्टस अवार्ड–२०७८ को नोमिनेसन सार्वजनिक गरिएको छ। नेपाल खेलकुद पत्रकार गण्डकी प्रदेशले यही असार १८ गते पोखरामा आयोजना गर्ने स्पोर्टस अवार्ड–२०७८ को चार विधाका नोमिनेसन सार्वजनिक गरिएको हो।

हुन्डाईले वर्षको उत्कृष्ट अवार्ड पायो

हुन्डाई आईओनिक ५ वर्ल्ड कार अफ द इयर अवार्ड २०२२ मा ६ वटा विभिन्न विधाहरूमध्ये तीन वटाको विजेता बनेको छ।

सुदूरपश्चिम स्पोर्टस अवार्ड प्रिन्स र राजपुरा उत्कृष्ट

धनगढीमा मंगलबार भएको स्पोर्टस अवार्डमा ब्याटमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्।

स्पोर्टस् अवार्डमा पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

एनएसएफले सोमबार एक कार्यक्रमकाबीच मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्