२४ असार २०८१ सोमबार
image/svg+xml
कला

ग्लोबल चेन्ज मेकर्स अवार्डद्वारा ३० जना सम्मानीत

प्रोजेक्ट १०० को प्रस्तावना र मानब सद्भाव नेपालको आयोजनामा ३० जनालाई ग्लोबल चेन्ज मेकर्स अवार्ड प्रदान गरेको छ।  

काठमाडौंमा आयोजना भएको कार्यक्रममा विश्वभरका १५ देशका प्रतिनिधिहरूको उपस्थिति थियो। प्रोजेक्ट १०० र मानब सद्भाव नेपालले कार्यक्रम आयोजना गरिएको थियो मानब सद्भाव नेपालकी अध्यक्ष नमिता घिमिरेले जानकारी दिइन्।  

उनीहरूको यो काम विश्वभरका युवाहरूलाई प्ररणा र थप उर्जामिल्ने भएकाले आगामी दिनहरुमा पनि युवाहरुको आवाज र ट्यालेन्ट बाहिर ल्याउनु नै कार्यक्रमको मुख्य उदेश्य रहेको अध्यक्ष घिमिरेले बताइन्। कार्यक्रममा प्रोजेक्ट १०० नेपालका प्रमुख कृष्णहरि तिमिल्सिना र मानव सद्भाव नेपालकि अध्यक्ष नमिता घिमिरेले सम्बोधन गरेका थिए।

समाजमा सकारात्मक परिवर्तन ल्याउनका निमित्त कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा युवा मन्त्री गहतराज अथक,  सांसद डा.डिला संग्रौला तारकेश्वर नगरपालिका मेयर कृष्णहरि महर्जन, अन्तराष्ट्रिय युवा सञ्जाल, कर्पोरेट जगत, नागरिक समाज संगठनहरू, मिडिया, व्यावसायिक निकायहरू, शिक्षाविद् र अन्तर्राष्ट्रिय समुदायका प्रमुख निर्णयकर्ताहरूको सहभागिता थियो।

प्रकाशित: ६ भाद्र २०७९ ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App