१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

स्पोर्टस् अवार्डमा पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गतको लागि पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भएको छ। एनएसएफले सोमबार एक कार्यक्रमका बीच मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो।

मनोनयनमा पर्ने खेन्य खेलाडीमा फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, टेबल टेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल रहेका छन्। २०७७ सालभरिको प्रदर्शन र पाएको चर्चाको आधारमा पिपुल्स च्वाइस विधाको लागि खेलाडी छनोट गरिएको मञ्चले जनाएको छ।

मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट इ–सेवा मार्फत एसएमएम भोटिङ, फेसबुक लाईक, खेलकुद पत्रकार मञ्चका सदस्य र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको भोटको आधारमा गरिने मञ्चले जनाएको छ। समर्थक, खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस विधाका विजेताको चयन हुनेछन्। गत वर्षजस्तै भोटिङका लागि यस वर्ष पनि एनएसजेएफले ई–सेवासँग सम्झौता गरिसकेको छ।

भोटिङका लागि ई–सेवाको एप डाउनलोड गरी आफूलाई मनपर्ने खेलाडीको प्रोफाइलमा गएर भोट गर्न सकिने मञ्चले जनाएको छ। भोटिङलाइन आइतबारबाट सुरु भई चैत ७ गते १२ बजेसम्म खुला रहने छ। पिपल्स च्वाइस विधामा इसेवाबाट आएका मतको मतभार ५० प्रतिशत रहनेछ भने सामाजिक सञ्जाल फेसबुक लाइकको मतभार २५ प्रतिशत हुनेछ। यस्तै राष्ट्रिय प्रशिक्षक र खेलपत्रकारको मतभार समान १२ दशमलब ५ प्रतिशत हुनेछ।

यस वर्ष पिपल्स च्वाइज विधासंगै सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलेट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिनेछ। दशक अवार्ड भएकोले यस पटक युवा विधा हटाइएको छ।अवार्ड कार्यक्रम आगामी ८ चैतमा प्रज्ञा भवन कमलादीमा हुनेछ।

प्रकाशित: २२ फाल्गुन २०७८ १०:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App