२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

१२औं कृति अवार्ड हुँदै

नेपाल विज्ञापन संघ (आन)ले यस वर्षको गोल्डेन ओक १२ औं कृति अवार्ड कार्यक्रम आगामी भाद्र २६ गते आयोजना गरिने भएको छ।

यस वर्षको कार्यक्रमको टाइटल स्पोन्सर हिमालयन डिस्टिलरीको गोल्डेन ओक ब्राण्ड रहेको छ। आनले हरेक वर्ष आयोजना गर्दै आएको कार्यक्रम कोभिड महामारीका कारण विगत २ वर्ष हुन सकेका थिएनन्। कृति अवार्ड विज्ञापन क्षेत्र लगायत सम्पूर्ण मिडिया र विज्ञापनदाताहरूको सामूहिक उत्सवको रूपमा आयोजना गर्नेे गरिएको संघले जनाएको छ।

जावलाखेल ग्रुपअफ इण्डस्ट्रिजका कार्यकारी निर्देशक सशीन जोशीले मुलुककै समग्र सञ्चार क्षेत्रको समसामयिक व्यवसायिक परिस्थिति झल्काउने प्रतिष्ठित कार्यक्रममा आफ्नो समूह सहभागी भएकोमा खुसी व्यक्त गर्दै भविष्यमा पनि सहकार्य गर्ने बताए।

त्यसैगरी नेपाल विज्ञापन संघका अध्यक्ष सोमप्रसाद धितालले नेपाल विज्ञापन संघ र जावलाखेल ग्रुपअफ इण्डस्ट्रिज बीचमा सहकार्य रही रहने विश्वास व्यक्त गरेका छन्। अवार्डमा २०७६ वैशाख १ देखि २०७८ चैत्र मसान्तसम्म गरिएका विज्ञापन तथा प्रवर्धनात्मक रचना तथा कामहरूलाई समावेश गरिने तथा साउन ५ देखि भाद्र ४ गतेसम्म मनोनयन दर्ता गर्न सकिने संघले जनाएको छ।

प्रकाशित: ६ श्रावण २०७९ ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App