२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सुरु भयो सातौं आइसिटी अवार्डको अनलाइन नोमिनेसन

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणको अनलाइन नोमिनेशन जुलाई १ देखि सुरु भएको छ।

लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ सन् २०१६ बाट सुरु भएको हो।

अवार्डको लागि विभिन्न ११ विधाहरूमा नोमिनेसन खुला गरिएको र अनलाइन नोमिनेसन साउन ३१ गतेसम्म जारी रहने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए। उनका अनुसार आइसिटी अवार्डमा प्रतिस्पर्धी आफैं वा अन्य कसैले अनलाइन नोमिनेसन दर्ता गर्न सक्नेछन्। अवार्डमा नोमिनेसन गर्न आइसिटी अवार्ड डट ओ आरजी वेबसाइटमा गएर विधा छनौट गरी अनलाइन फारम भरेर बुझाउनु पर्नेछ।

अवार्डको ग्राण्ड फिनाले मंसिरमा आयोजना हुने आयोजकले जनाएका छन्। यो ६ महिनाको समय अवार्डलाई हरेक किसिमले उत्कृष्ट र पारदर्शी बनाउन आयोजकले ५ भन्दा बढी चरणका छनौट प्रक्रियालाई अगाडि बढाएको बताउँदै १२ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति रहेको यस अवार्डमा प्रिजेन्टेसन, स्पिड डेटिङ, पब्लिक भोटिङ लगायत उत्कृष्ट ५ को लागि फिल्ड भिजिट समेत सञ्चालन भएको आयोजकले जनाएको छ। यस वर्ष २५भन्दा बढी जुरी मिटिङ सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन, पायोनियर, नेपाली डायस्पोरा, आन्टरप्रेनर लगायत ११ विधामा अवार्ड वितरण हुने आइसिटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रूपमा आयोजना हुँदै आएको आयोजको दाबी छ।

प्रकाशित: २० असार २०७९ ०१:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App