२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

गोल्डन ओक १२ औं कृति अवार्डस् सम्पन्न

'गोल्डन ओक १२औं कृति अवार्डस २०७९' शनिवार होटल सोल्टिमा भव्य समारोहका बिच सम्पन्न भएको छ। कार्यक्रम वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले उद्घाटन गरेका थिए।  

नेपाल विज्ञापन संघद्वारा आयोजित कार्यक्रममा ३१ विधाका उत्कृष्ट विज्ञापनहरूलाई अवार्डस् प्रदान गरिएको थियो। कार्यक्रममा लगभग ६०० भन्दा बढि दर्शकको उपस्थिति रहेको थियो।  

सो समारोहमा कलाकार मदनकृष्ण श्रेष्ठ, शम्भुजित बास्कोटा, भुवन के.सी, दिपक राज गिरिल लगायतले प्रतिष्ठित उद्योगी व्यवसायि विजयीहरुलाई अवार्डस् प्रदान गरेका थिए। साथै कार्यक्रममा इन्दिरा जोशी साथै अन्य कलाकारहरुले आ आफ्नो नृत्य तथा कला प्रर्दशन गरेका थिए  ।

३१ वटा विभिन्न विधाको अवार्डस्का लागि ४५ वटा एजेन्सीहरूले सहभागीता जनाएका थिए। ति मध्य १५ एजेन्सीहरूले ५० वटा पुरस्कार पाएका छन्। पुरस्कार पाउने एजेन्सीहरु मध्ये मेकवेज प्रालिले १९ वटा, बिजनेस एडभान्टेज ५, प्रिज्मार्क मार्केटिङ ५, आउटरिच नेपाल ४, डिजिटलइन ४,अभानी एडभरटाइजिङ ३, एएनएस क्रिएसनले २, र म्याक्स मिडिया, प्रिज्मा एडभरटाइजिङ कन्सर्ट वान, डीएनए टेक्नोलोजी, मार्स प्रालि, कि एडभरटाइजिङ, सुश्री मिडिया र ह्याप्पी वर्क्सले १–१ वटा अवार्ड जितेका छन।

कार्यक्रमको सभापतित्व गर्दै आनका अध्यक्ष सोम प्रसाद धितालले प्रमुख अतिथि र आमन्त्रित सम्पूर्ण अतिथिहरूमा धन्यबाद सहित समापन मन्तव्य राख्दै एजेन्सीहरूको उल्लेखनीय सहभागिताको प्रशंसा  गरेका थिए। साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले कृति अर्वाडसको प्रशंसा गर्दै यस्ता सिर्जनशील कार्यक्रमले देशको आर्थिक विकासमा टेवा पुग्ने बताए।

बाहौं कृति अवार्डसको मुख्य प्रायोजक “गोल्डन ओक, पावर्ड वाई बाल्ट्रा र डिस मिडिया नेटवर्क रहेकाछन् भने इन एसोसियसन विइथमा डावर नेपालका साथै मुक्तिनाथ बिकास बैक बैंकिङ पार्टनर र गुरु ट्राभल्स ट्राभल पार्टनर, सपोर्टेड बाईमा प्रभु बैंक लिमिटेड, आटिपिएफ, सेल पे, सफ्टि हाइजिन, राष्ट्रिय वाणिज्य बैक ,कृषि विकास वैक लिमिटेड, क्युएफएक्स र हस्पिटालिटी पार्टनर सोल्टी होटल रहेका थिए।

नेपाली विज्ञापन सिर्जनाको सम्मानार्थ २०६० सालदेखि नेपाल विज्ञापन संघले हरेक वर्ष कृति अवार्डस आयोजना गर्दै आएको छ।

प्रकाशित: २७ भाद्र २०७९ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App