हुन्डाई आईओनिक ५ वर्ल्ड कार अफ द इयर अवार्ड २०२२ मा ६ वटा विभिन्न विधाहरूमध्ये तीन वटाको विजेता बनेको छ।
आफ्नो रिलिजपछि नै फरक डिजाइन र पर्फर्मेन्सको लागि यो विद्युतीय कारले वर्षको विश्व इलेक्ट्रिक भेहिकल, वर्ल्ड कार डिजाइन अफ द इयरका साथै यो वर्षको विश्व कार अफ द इयर अवार्ड हात पारेको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरेर जनाएको छ। डिजाइन अफ द इयर क्याटगोरीमा आईओनिक ५ को फरकशैली र नौलो डिजाइनले अडि इट्रोन जि टि र किया इभी ६ लाई पछि पारेको छ।
प्रकाशित: ७ वैशाख २०७९ ०१:०९ बुधबार