७ पुस २०८१ आइतबार
image/svg+xml

प्रयोगशाला जोखिम र चुनौती

नेपालमा सरकारी र शैक्षिक संस्थामा प्रयोगशाला खुल्न थालेको दशकौँ भइसक्यो तर अझैसम्म पनि तिनीहरू आधुनिकताबाट निकै टाढा देखिन्छन्। अचेल विदेशबाट आयातित अर्बौँ रकमको रासायनिक पदार्थ नेपालमा खपत हुन्छ। त्यसैगरी विगत दुई दशकदेखि उच्च शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न म्याग्नेटिक तथा रेडियो विकिरण पैदा गर्ने उपकरण, माइक्रोअर्गानिज्म र जैविक पदार्थको प्रयोग बढ्दो छ। प्रयोगशालामा प्रयोग हुने रासायनिक पदार्थ, विकिरण, प्याथोजेनिक माइक्रोअर्गानिज्म र जैविक पदार्थ वा वस्तु मानव स्वास्थ्य र वातावरणका लागि अत्यन्त हानिकारक मानिन्छ तर तिनीहरूको सुरक्षित व्यवस्थापन, प्रयोग र नियमनका लागि राज्य बेखबर देखिन्छ। नेपाल पक्ष भएर हस्ताक्षर गरिएका विभिन्न अन्तर्राष्ट्रिय दस्तावेजअनुसार नेपालले हालसम्म प्रयोगशालाको सुरक्षा र केमिकललगायतको जोखिम न्यूनीकरणका लागि आवश्यक ऐन÷नियम र कार्यविधि तर्जुमा गरेको छैन।

विषादी अवशेष नियमन प्रयोगशाला बन्ने

प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विषादी अवशेष नियमन प्रयोगशाला सञ्चालन गर्ने भएको छ। उपभोगका लागि तयार भएका ताजा कृषि उपजमा तोकिएको मापदण्डअनुसार विषादीको अवशेष मात्रा तत्कालै पत्ता लगाउने उद्देश्यले प्रदेश मन्त्रालयले यस्तो प्रयोगशाला सञ्चालनमा ल्याउन लागेको हो। संघीय सरकारले २०७१ सालमै कालिमाटी तरकारी बजारमा यस्तो प्रयोगशाला सञ्चालनमा ल्याइसकेको छ।

यसरी पत्ता लाग्याे नेपालमा बर्डफ्लु

परीक्षणबाट बर्डफ्लु प्रमाणित भएपछि विशेष परीक्षणका लागि जापानको विश्व स्वास्थ्य संगठन इन्फ्लुएन्जा समन्वय प्रयोगशालामा पठाइएको थियो। जापानबाट मंगलबार युवकमा इन्फ्लुएन्जा एच–५ ए–१ समूहको रहेको प्रमाणित भएको रिपोर्ट प्राप्त भएको थियो।

विषादी प्रयोगशाला स्थापना

गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको प्रवेश नाका तनहुँको आँबुखैरेनीमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरेको छ।

अखाद्य वस्तु बिक्री रोक्न घुम्ती प्रयोगशाला

बजारमा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने अखाद्य वस्तुको बिक्री वितरण बढेपछि त्यसलाई रोक्न सरकारले घुम्ती प्रयोगशाला (ल्याब)सहित अनुगमन सुरु गरेको छ । गुणस्तरहीन खाद्य वस्तु बिक्री गर्नेलाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले घुम्ती प्रयोगशालासहित अनुमगन थालेको हो।

विज्ञानका प्रयोगशालाको बेहाल

विश्व बैंक र विश्वविद्यालय अनुदान आयोगले सुरु गरेको ‘उच्चशिक्षा सुधार परियोजना’ अन्तर्गत खुला प्रतिस्पर्धाबाट गत वर्ष म प्राध्यापकमा नियुक्त भएको हुँ। नियुक्तिलगत्तै आयोगका तत्कालीन अध्यक्ष प्रा. डा. परासर कोइरालालाई भेट्दा उहाँ देशमा विज्ञान शिक्षा सुधारका लागि चिन्तित देखिनुहुन्थ्यो।

निर्माण सामग्री जाँच गर्न प्रयोगशाला स्थापना

उक्त ल्याबको सोमबार भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्घाटन गरिन्। पूर्वाधार निर्माणका कामलाई प्रभावकारी, गुणस्तरीय बनाउन निर्माण सामग्रीको गुणस्तर परीक्षण गर्न आफ्नै प्रयोगशाला निर्माण गरिएको मेयर दाहालले बताइन्।

सुधारिँदै रक्तसंचार प्रक्रिया

नेपालमा रक्तसञ्चार प्रक्रियाको असर घट्न थालेको एक अध्ययन सर्वेक्षणले जनाएको छ। राष्ट्रिय रक्तसञ्चार ब्युरोले गरेको अध्ययन प्रतिवेदनले सन् २०१८ मा रक्तसञ्चार प्रक्रियाको असर अघिल्लो वर्षको तुलनामा कम रहेको जनाइएको हो।

वडामै स्वास्थ्य प्रयोगशाला

तारकेश्वर नगरपालिका वडा ९ को पहल र नगर सहरी स्वास्थ्य केन्द्रको आयोजनामा स्वास्थ्य प्रयोगशाला कक्ष उद्घाटन तथा दुई दिने निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण गर्न सजिलो होस् भन्ने लक्ष्यले स्वास्थ्य प्रयोगशालाको व्यवस्था गरिएको बताइएको छ ।

हिन्दू दर्शनको प्रयोगशाला

तीनपुस्ता अघि देखि हामी चाबहिलमा बसोबास गर्दै आएका छौं। धार्मिक–आध्यात्मिक परिवार भएको हुँदा हजुरबुवाले पशुपतिनाथको सेरोफेरोमैं बस्न रुचाउनुभएको रहेछ। मलाई सम्झना छ– कलेज जाने क्रममा पशुपतिनाथको पश्चिम ढोका दर्शन नगरी अघि बढ्दिन थिएँ। साथीसंगी पनि त्यसै गर्थे। हामी कुरा पनि गथ्र्यों–हाम्रो देशलाई विश्वमा चिनाउने पशुपतिनाथलाई फोहरले चारै तर्फबाट छोपेको छ ! हामी भगवानलाई पुकार गथ्र्योंं–हे भगवान् ! कमसेकम एक जनालाई त पठाईदेऊ जसले वनकालीदेखि भगवानको मूल मन्दिर हँुदै आर्यघाटसम्म हेर्न लायक बनाईदेओस्।

विषादी प्रयोगशाला स्थापना हुँदै

कर्णाली प्रदेशलाई अर्गानिक प्रदेशका रुपमा विकास गर्नका लागि सरकारले मुख्य नाकाहरुमा विषादी प्रयोगशाला स्थापना गर्ने तयारी थालेको छ। प्रदेश सरकारले सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा विषादी प्रयोगशाला स्थापना गर्न लागेको हो। यसका लागि प्रदेश सरकारले एक करोड ५० लाख रुपियाँ छुट्याएको छ।

राजनीतिमा सधैँको प्रयोगशाला प्युठान

केन्द्र र बाहिरबाट झट्ट हेर्दा प्यूठान वामपन्थीको उर्वर भूमिको रुपमा चिनिन्छ तर विकासमा सधैँ पछि छ। यहाँ नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहदेखि शुरु भएको वामपन्थी राजनीति मोहन वैद्य, बामदेव गौतम, लीलामणि पोख्रेल, मणि थापासम्म आउँदा पनि सधैँ प्रयोगशालाका रुपमा मात्रै जिल्ला रहन पुगेको गुनासो सुनिन्छ।

जनस्वास्थ्यमा खेलबाडः भर्‌याङमुनि प्रयोगशाला

परीक्षणका नाममा जथाभाबी रगत वा दिसापिसाब, खकार तथा शरीरका विभिन्न भागका नमुना (स्याम्पल) विदेश पठाउन नपाइने भएको छ । मनपरी रुपमा रगतलगायत नमूना विदेश पठाउँदा व्यक्तिको जीनसँग सम्बन्धित (अणुवाशिंक) सम्पतिको दुरुपयोगसँगै नेपालमै हुने परीक्षण बाहिर लगेर गर्दा ठूलो रकम बाहिरिएको भन्दै स्वास्थ्य मन्त्रालयले रोक लगाएको हो ।

प्रयोगशाला विज्ञान तथा प्रविधि मेलामा १७ देशले भाग लिने

भियतनामको राजधानी हानोइमा आगामी बुधबारदेखि शुरु हुन गै रहेको वैज्ञानिक प्रयोगशाला प्रविधि मेलामा विश्वका बिभिन्न मुलुक तथा क्षेत्र समेत सत्र स्थानका एकसयबीस वटा वैज्ञानिक संगठन तथा कम्पनीहरु सहभागी हुने भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्