११ मंसिर २०८१ मंगलबार
image/svg+xml

नेपाल–चीन भाइभाइ

उत्तरको छिमेकी जनगणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी स्वदेश फर्केका छन्। भ्रमणका क्रममा उनले ‘नेपालको विकासमा चीन साझेदार’ बन्ने हार्दिकतापूर्ण सन्देश दिएका छन्। ‘भूपरिवेष्ठित’ मुलुक नेपाललाई ‘भूजडित’ बनाउन सघाउने आश्वासन आमनागरिकलाई पुलकित गराउन सक्छ। बेलाबेलामा हुने नाका अवरोधले समेत झस्काइरहने हाम्रा निम्ति यो सबैभन्दा ठूलो आश्वासन हो।

फटयाङ्ग्राहरू उफ्रेर लात्ताले हान्दैमा गणतन्त्र ढल्दैनः महासचिव पौडेल

नेकपा महासचिव विष्णु पौडेलले फटयाङग्राहरू उफ्रेर गालामा लात्ती हान्ने कोशिश गरेको टिप्पणी गरेका छन्। उनले पछिल्लो समयमा भएका घटनाक्रमप्रति संकेत गर्दै २÷४ जना उफ्रदैमा जनताको बलमा स्थापित संघीय गणतन्त्रलाई कुनै असर नपर्ने बताए।

बाबुरामको चेतावनीः गणतन्त्रलाई उल्टाउने प्रयास गरे सह्य हुँदैन

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा प्रतिगमन ल्याउन खोज्ने कुनै पनि खालको हर्कत सफल नहुने दावी गरेका छन्।

बिर्ताले गिज्याएको गणतन्त्र

रसुवाको कालिका गाउँपालिका २ का काल्साङ तामाङ बिर्ता जग्गा जोतभोग गर्ने किसान हुन्। उक्त ६ रोपनी जमिन (खेत) उनको परिवारले पुस्तौं अघिदेखि कमाइरहेको छ। अहिले पनि उनको १२ सदस्यको परिवार दिनहुँ त्यही जमिनमा घोटिन्छ, पसिना चुहाउँछ। र, उत्पादित अन्नपातले गुजारा चलाउँछ। विडम्बना, त्यही जग्गाको लालपुर्जा भने उनीसँग छैन। उनी भन्छन्, ‘जब हामीले बेचबिचन, अशंबन्डा गर्न खोज्यौं, अनि मात्र थाहा भयो– जमिन त बिर्ता रहेछ। पुर्जा अरूकै नाममा। अचम्म ! न एक कोदाले खन्न आएको छ न एउटा ढुंगा पल्टाउन। काम गर्ने हामी, पुर्जा बिर्तावालले कसरी बनाएर लगे ?’

गणतन्त्रमाथि आक्रमण?

अहिले पूर्वराजा ज्ञानेन्द्र मुलुकभित्रका धेरै बुद्धिजीवी, विद्वान्, राजनीतिकर्मी, धर्मशास्त्री, प्रशासक र लब्ध प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट गरिरहेका छन्।मुलुकबाहिर चीन, भारत, अमेरिका र भारतकाराजनीतिकर्मी अनिआफ्ना गुरुहरूलाई पनि भेट्दै छन्। मुलुकमा भित्रनेहरू स्वयं पुगेर अथवा वारेसनामा दिएर उनलाई भेटिरहेका छन्। स्वदेशी–विदेशी नाम चलेका ‘मै हुँ’ भन्ने ‘मैमत्ता’ हरूले आ–आफ्ना धारणा सञ्चारमाध्यममार्फत सार्वजनिक गराउने क्रम पनि जारी छ। एकातिर यस्तो अवस्था अर्कोतिर दलीय नेताबीच नै खट्पट। त्यसैले पनि अहिले नेपालको गणतन्त्रमाथि आक्रमण सुरु हुन थालेको अड्कलबाजी गरिँदैछ।

सी आउनुअघि सोच्नुपर्ने कुरा

जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यी ३ दिन नेपाल भ्रमण गरी स्वदेश फर्किसकेका छन्। उनको भ्रमणको उद्देश्य आफ्ना राष्ट्रपति सी चिनफिङले गर्ने नेपाल भ्रमणको तयारीबारे नेपाल सरकारका पदाधिकारीसँग छलफल गर्नु थियो। भ्रमणको मिति तय भइसकेको छैन, तर निकट भविष्यमा सीले नेपाल भ्रमण गर्ने बताइएको छ।

त्रासदीमा संघीय गणतन्त्र

‘संघीयताको गर्भाधान नै अतिवादीहरूको सोच’ द्वारा हुन पुग्यो। त्यतिमात्रै होइन, सत्ता नै संघीयता विरोधी र एकात्मकतावादी, बाहुनवादी कथित कम्युनिस्टहरूको अधीनमा पुग्नु दुर्भाग्यपूर्ण हो।

स्यालहरु चिच्याउँदैमा चिहान पुगिसकेको ‘राजसंस्था’ व्युतिँदैनः अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिहानमा पुगिसकेको कुरा फेरि नफर्किने बताएका छन्। सोमबार २१ औं सुरेश वाग्ले स्मृति कार्यक्रमलाई पार्टी मुख्यालयमा सम्बोधन गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बद्नाम गर्ने षडयन्त्रका झिल्काहरु यत्रतत्र देख्न थालिएको बताए।

हल्ला साँचो हुन लागेको हो ?

यही नागरिक दैनिकमा गत जेठ २९ गते प्रकाशित ‘राजा किन चाहियो ?’ लेखका विषयमा एउटा पाठकले मलाई बाटामा रोके। र, सोधे– ‘तपाईंलाई अहिले आएर राजा किन चाहियो ? यति धेरै परिवर्तन भइसक्यो। अब राजाले के गर्न सक्छ ?’ हुन त मैले राजसंस्था किन चाहियो भनेर त्यस लेखमै आफ्नो तर्क पेस गरिसकेको थिएँ। तर एउटा पाठकको सीधा प्रश्नको उत्तर नदिई हिँड्नु ठीक लागेन। मैले भनें, ‘राजा मलाई चाहिएको होइन। हाम्रो देशलाई चाहिएको हो।’ मेरा एकजना साथीले करिब एक दशकअगाडि यो देश नरहने भयो, अरूको गुलाम हुने भयो, त्यसकारण म अमेरिकामा बसाइँ सरेको छु भनेका थिए। उनले १० वर्षभित्र यो काम हुन्छ भनेर तोकेका पनि थिए।

उपलब्धिको रक्षा गर्न दलहरुलाई पूर्वराष्ट्रपति यादवको आग्रह

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधान, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र समावेशी समानुपातिक सिद्धान्तको मर्म र भावनालाई पूर्णरुपमा आत्मसात गरेर काम गर्न सरकार र राजनीतिक दललाई सुझाव दिएका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्न पाइँदैनः मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले संविधानलाई सबैलाई ठाउँ दिए पनि संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध जाने कुनै पनि कुरा स्वीकार्य नहुने बताएका छन्।

'प्रतिक्रियावादीहरु गणतन्त्र उल्ट्याउन लागे, नेपाल नै बर्बाद हुने खतरा छ'

आफुलाई हेग लगे विश्वकै हिरो हुने भन्दै प्रचण्डले भने ‘मलाई लाग्छ हेगमा मलाई लगेर हिरो बनाउन चाँहदैनन्।’ आफुलाई हेग लैजाने कुरा विश्वास नलागेको उनको भनाई थियो।

हिसाब मिलेन कामरेड !

वि.सं. २०५८ को असारका सुरुका दिन छन्। दरबार हत्याकाण्डको भयानक दृश्य नेपालीका आँखामा ताजै छ। कतिपय मानिसका आँखा ओभाएका छैनन्। भलै राजसंस्था फरक–फरक कोणबाट आलोचना भए पनि राजा वीरेन्द्र जनताको मन–मनमा बस्न सफल भएका रहेछन्।

‘यो गणतन्त्र होइन, राज्य आतंकतन्त्र हो’

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर चोकबाट झन्डै तीन किलोमिटर उत्तरस्थित घटनास्थल पुग्दा खसीबाख्रा चराइरहेका स्थानीयले दोहोरो भिडन्त झल्कने गरी बन्दुक पड्किएको आवाज नसुनिएको बताएका छन्।

‘मलाई कुनै नियुक्ती चाहिँदैन’

मुलुक गणतन्त्रमा प्रवेश गरेको झन्डै १२ वर्ष पुगे पनि गायक बद्री पंगेनीले अझैसम्म गणतन्त्र नआएको बताएका छन्। नागरिक नेटवर्कको कार्यक्रम ‘ढुक्क हुनुहोस्ः केही नहुन्जेल केही पनि हुन्न’मा नेपाल कन्फ्युज पार्टीका पुष्पकमल गजेरेलका रूपमा कार्यक्रम सञ्चालक बनेका मनोज गजुरेलसँगको अन्तरसंवादमा पंगेनीले आफूहरूका लागि अझै पनि गणतन्त्र नआएको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्