६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बाबुरामको चेतावनीः गणतन्त्रलाई उल्टाउने प्रयास गरे सह्य हुँदैन

फाइल फाेटाे

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा प्रतिगमन ल्याउन खोज्ने कुनै पनि खालको हर्कत सफल नहुने दावी गरेका छन्। समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्षसमेत रहेका भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने प्रयास गरिए सैह्य नहुने चेतावनी पनि दिएका हुन्।

कुनै पनि नामको पार्टी र वादले मुलुकमा निरंकुशता ल्याउने सपना नदेख्न  उनको भनाई छ। दसैंको अवसर पारेर गोरखा पत्रकार मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले मुलुकलाई उन्नत लोकतान्त्रिकरणको बाटोमा अघि बढाउन सञ्चार माध्यामहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता पनि औंल्याएका हुन्।

पूर्वप्रधानमन्त्री भट्टराईले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई सच्याएर अघि बढाउने परिकल्पनाका साथ सञ्चार क्षेत्रलाई मुलुकको चौंथो अंगको रुपमा रुपमा लिइएको उल्लेख गर्दै संचार माध्यमले सोही अनुसारको भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे। 

प्रकाशित: १४ आश्विन २०७६ ०९:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App