१० मंसिर २०८१ सोमबार
image/svg+xml

सीके राउतको राजनीतिक ‘छलाङ’

वर्ष दिनअघि राजधानीमा एउटा गोष्ठी आयोजना भएको थियो। विषय यस्तै संघीयता र अधिकारसँग केन्द्रित थियो। विभिन्न क्षेत्रका युवा सहभागी थिए। मधेस आन्दोलनमा मानिसहरूले ज्यान गुमाएका समाचार ताजै थिए।

चुरे दोहन नियन्त्रणमा सरकार उदासीन

प्रदेश २ को प्रदेशसभाको पहिलो बैठकमै सांसदहरूले ‘चुरे संरक्षण’ साझा मुद्दा बन्नुपर्ने धारणा जोडदारका साथ राखेका थिए। तर प्रदेशसभा गठनको एक वर्ष पूरा भइसक्दा पनि चुरे दोहन थामिएको छैन। मधेसी दलका नेताहरूले भाषणमार्फत प्रदेश समृद्धिबारे विविध सवाल उठाउँदै आए पनि त्यसको मेरुदण्ड चुरे क्षेत्र मजबुत बनाउनेतर्फ भने कुनै अर्थपूर्ण कार्य अघि बढाएको पाइँदैन।

मधेसी दलको दोहोरो चरित्र

राष्ट्रिय पार्टीहरूले असोज ३ मा संविधान दिवस मनाइरहँदा संसद्मा प्रतिनिधित्व गरेका तराई मधेस केन्द्रित दुई राष्ट्रिय दल जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल भने संविधान दिवसका दिन दोहारो चरित्रमा देखाएका छन् । राजपा र फोरम संविधानसँग असन्तुष्ट छन्।

मधेसी दल किन सरकारमा ?

राजनीतिमा चुनाव जित्नु र सत्ता प्राप्त गर्नु नेताको अन्तिम लक्ष्य भए पनि सत्ता प्राप्त गर्नु मात्र सफलताको आधार होइन। सत्ता प्राप्त गरेपछि जनचाहना अनुसारको आफ्नो कर्तव्य पूरा गर्नु नै सफलताको आधार हो । लामो बलिदानपछि मुलुकमा ७५३ वटा स्थानीय, ७ वटा प्रादेशिक तथा एउटा संघीय गरी तीन तहको संसद् र सरकार भएको संघीय गणतन्त्रातमक व्यवस्था कार्यान्वयन भएको छ ।

मधेसी दलसहित सरकारले एक/दुई दिनभित्र पूर्णता पाउँछ : अध्यक्ष दाहाल

पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले झण्डै छ दशकपछि दुई तिहाइको सरकार बन्न लागेको बताएका छन्।

संशोधनमा प्रतिबद्धता खोज्दै मधेसी दल

प्रदेश २ मा संघीय समाजवादी फोरम नेतृत्वको मधेस गठबन्धन सरकारलाई वाम गठबन्धन (एमाले–माओवादी) ले समर्थनको मत दिएसँगै राजनीतिक सरगर्मी बढेको छ । केन्द्रमा वाम गठबन्धनको सरकारमा मधेसकेन्द्रित दललाई पनि सामेल गराउन कसरत भइरहेका बेला प्रदेश २ मा एमाले र माओवादीले सरकारका पक्षमा मत दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

संविधान संशोधनमा वाम र मधेसी गठबन्धन नजिकिँदै

ताजा जनादेशपछि वाम गठबन्धन र मधेसी गठबन्धनबीच संविधान संशोधनका विषयमा समान धारणा बनाउने प्रयास भइरहेको छ। एमाले–माओवादी नेतृत्वको वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल आबद्ध मधेसी गठबन्धनबीच संविधान संशोधनबारे सहमति खोज्ने प्रयास भएको हो।

राष्ट्रियसभामा मधेसी दल र कांग्रेसबीच सहकार्य, कसलाई कति सीट?

मधेस केन्द्रीत दलले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने भएका छन्। मधेसी दलका नेताले मंगलबार साँझ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेसका शीर्ष नेतासँग बालुवाटारमा राष्ट्रियसभामा तालमेल गर्ने सहमति गरेका हुन्।

मधेसी दलले वाम गठबन्धनसँग तालमेल गर्ने

वाम गठबन्धन र मधेश केन्द्रित दल राष्ट्रियसभाको निर्वाचन, भावी सरकार गठनलगायत विषयमा सहकार्य गर्न सकारात्मक देखिएका छन्।

झनै उपेक्षित मधेसी दलित

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्षतर्फको परिणाम पनि सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फ मत परिणाम सार्वजनिक गरेको छ ।

मधेसी गठबन्धन दुई गठबन्धनको मत तान्न सफल

प्रदेश नम्बर २ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपाल सम्मिलित मधेसी गठबन्धनले स्थानीय निर्वाचनको तुलनामा ठूलो मत आफूतिर आकर्षित गर्न सफल भएको छ ।

मुद्दा सम्बोधनमा मधेसी दलको चासो

प्रदेश २ मा प्रादेशिक सरकार निर्माणका लागि प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १ सय ७ सदस्यीय प्रदेशसभाको बहुमत ५४ सिट हो । हालसम्मको चुनावी परिणामअनुसार कुनै एउटा दलको स्पष्ट बहुमत पुगेको छैन । तर, फोरम–राजपा गठबन्धनको भने ठीक ५४ सिट पुगेको छ । यो गठबन्धन कायम रहेमा सरकार गठन गर्न चाहिने सामान्य बहुमत पुग्छ । तर, प्रादेशिक सरकार गठनभन्दा पनि केन्द्रीय सत्ता समीकरणमा ‘मधेस मुद्दा’ लाई ठाउँ दिलाउने सकस भने कायमै छ ।

मधेसीको अधिकारका लागि संविधान संशोधन आवश्यक : यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् । सप्तरीको राजविराज– ९ स्थित मलेठमा आज कार्यकर्तासँगको भेटघाटका क्रममा उनले यस्तो बताए।

प्रदेश २ : त्रिपक्षीय चेपुवामा मधेसी नेता

मुलुकको राजनीतिमा मधेसलाई चासोपूर्वक हेरिँदैछ । यसका विभिन्न कारणमध्ये एउटा हो, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मधेस गठबन्धन (संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टी) ले साझा उम्मेदवार उतारेको छ । यी उम्मेदवारलाई कसले ‘चेक’ दिँदैछन् ? मधेस गठबन्धनका साझा उम्मेदवारको जितहारमा कुन दल तथा गठबन्धनले कसरी भूमिका खेल्दैछन् ?

मधेसी नेतालाई साख जोगाउन सकस

मधेसमा सानदार जितका लागि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी(राजपा) ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरी मैदानमा उत्रिएका छन् । तर प्रतिस्पर्धामा रहेका अधिकांश उम्मेदवारलाई आफ्नै अखडामा प्रतिष्ठा जोगाउन सकस परेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्