७ कार्तिक २०८१ बुधबार
image/svg+xml

बिएन्डसीलाई सम्बन्धन दिन बिपीलाई विश्वविद्यालय बनाइने

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उपकुलपति ज्ञानेन्द्र गिरीलगायतले काठमाडौं बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा शुक्रबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४४औं सिनेट राखेर बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रतिष्ठानलाई विश्वविद्यालयमा परिणत गर्ने निर्णय गराएका छन्।

प्रदेश कोरोना संकटमा, मुख्यमन्त्री र मन्त्री काठमाडौं सयरमा

कोरोना संकटले निरन्तर गाँज्दै लगेको प्रदेश १ लाई त्यसबाट जोगाउने उपाय खोज्नुपर्ने बेलामा मुख्यमन्त्रीसहितका मन्त्रीहरु भने काठमाडौं सयरमा छन्। विराटनगरमै रहेर कोरोना नियन्त्रणमा भूमिका गर्नुपर्ने उनीहरु सत्तारुढ नेकपाको विवादको निहुँमा बालुवाटार र खुमलटारको फन्को लगाउन व्यस्त बनेका हुन्।

मध्य प्रदेशका मुख्यमन्त्रीलाई कोरोना, भने : मेराे सम्पर्कमा आएका सबैले जँचाउनुहोला

शनिबार दिउँसो ट्विटरमार्फत उनी आफैंले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । साथै उनले आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टिनमा बस्न पनि आग्रह गरेका छन् ।

प्रदेश १ मा ‘मुख्यमन्त्री ड्यासबोर्ड’ सञ्चालन

प्रदेश नं. १ सरकारले सबै गतिबिधिको प्रत्यक्ष निगरानी गर्दै समस्या आईपरे तत्काल संबोधन गर्न मिल्ने गरी ‘मुख्यमन्त्री सूचना केन्द्र (सिएम ड्यासबोर्ड)’ सञ्चालनमा ल्याएको छ ।

नमूना स्वास्थ्य मन्त्रालय बनाउँछुः मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई नमूना मन्त्रालय बनाएर मात्र हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सो क्रममा उनले मन्त्रालयको पुर्नरसंरचना गरेर नमूना बनाउने अठोट गरे।

न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले बिहीबार पदबाट राजीनामा दिएका छन् । कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागेपछि उनले राजीनामा दिएको बताइएको छ ।

पिसिआर परीक्षणको दायरा व्यापक बनाऊ : कांग्रेस

नेपाली कांग्रेसले क्वारेन्टिनको मापदण्ड सुधार गर्दै पिसिआर परीक्षणको दायरा व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेरै ध्यानाकर्षण गराएको हो ।

कोरोनाका विरुद्ध सामूहिक प्रयासको आवश्यकता : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न सामूहिक प्रयासको आवश्यकता औल्याएका छन्।

मुख्यमन्त्रीको निर्देशन : जटिल सङ्क्रमित विशिष्टीकृत अस्पताल पठाउनुस्

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसका जटिल प्रकृतिका सङ्क्रमितलाई विशिष्टीकृत अस्पताल पठाउन निर्देशन दिएका छन्।

गण्डकी प्राविधिक शिक्षा तालिम प्रतिष्ठानको संरक्षकमा मुख्यमन्त्री राखिएकोमा विरोध

गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम प्रतिष्ठान स्थापना, ब्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक पुनः प्रदेश सभामा आइपुगेको छ । प्रदेशमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्धेश्यले बनेको विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइएको विधेयक शुक्रबार समितिका सभापति मोहनप्रसाद रेग्मीले पुनः प्रदेश सभालाई बुझाएका हुन्।

रुकुम घटना मानवताविरोधी अपराध : मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पश्चिम रुकुमको चौरजहारीमा भएको घटना मानवताविरोधी अपराध भएको बताएका छन् । उनले राष्ट्रिय रूपमै चर्चामा रहेको घटना भएकाले यस घटनामा राज्यको ध्यान पुगेको बताए ।

कोराना प्रभावित क्षेत्रमा पिपिइ पुर्‍याउँदै राज्यमन्त्री गजमेर

दुई जना व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको झापा जिल्लामा स्वास्थ्यकर्मीका लागि प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले व्यक्तिगत स्वास्थ्य सामग्री प्रदान गरेकी छिन्।

मृतक बालबालिकाका परिवारलाई राहत दिन संघीय सरकारलाई सिफारिश गरिने

प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले  रोल्पामा बिहीबार बम  विस्फोटनमा परी चार बालबालिकाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

प्रदेशबासीलाई मुख्यमन्त्रीको ढाडसः ढुक्क हुनुस् हामी साथमा छौं

एकैपटक १३ जनामा संक्रमण देखा परेपछि त्रास बढेको प्रदेश १ मा सरकारले नागरिकको सुरक्षाका खातिर कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै आश्वस्त पार्न खोजेको छ।

कोरोना त्रास: मुख्यमन्त्री लालबाबु राउत - प्रदेश नं २ मा कोरोना नियन्त्रणका लागि कसरी काम भइरहेको छ ?

कोरोना त्रास: मुख्यमन्त्री लालबाबु राउत - प्रदेश नं २ मा कोरोना नियन्त्रणका लागि कसरी काम भइरहेको छ ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्