९ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मध्य प्रदेशका मुख्यमन्त्रीलाई कोरोना, भने : मेराे सम्पर्कमा आएका सबैले जँचाउनुहोला

फाइल तस्बिर : मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहान

भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानलाई कोरोना संक्रमण भएको छ ।  

शनिबार दिउँसो ट्विटरमार्फत उनी आफैंले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । साथै उनले आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टिनमा बस्न पनि आग्रह गरेका छन् ।  

‘मेरा प्रिय प्रदेशवासी, मलाई कोभिड–१९ का लक्षण देखिएका थिए । परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । मेरा ती सबै साथी जो मेरो सम्पर्कमा आउनु भएको थियो, उहाँहरूलाई अपिल गर्न चाहन्छु–कोरोना परीक्षण गराउनुहोला । मेरो नजिकको सम्पर्कमा आएका व्यक्ति क्वोन्टिनमा बस्नुहोला ।’ 

यस्तै उनले अब आफूले कोभिड–१९ सतर्कतासम्बन्धी सबै नियम पालना गर्ने र चिकित्सकको सल्लाहअनुसार क्वारेन्टिनमा बस्ने पनि उल्लेख गरेका छन् । साथै प्रदेशवासीलाई सावधानी अपनाउन आग्रह गर्दै उनले असावधानीले कोरोनालाई निमन्त्रणा गर्ने चेतावनी दिएका छन् ।  

उनले ट्विटमा लेखकाे छन् ‘मैले कोरोनाबाट बच्ने सकेसम्म प्रयास गरेको थिएँ, तर अनेक विषयका कारण मानिस मेरा सम्पर्कमा आए ।’

यस्तै मुख्यमन्त्री चौहानले समयमै उपचार गरिए कोरोना संक्रमण निको हुने उल्लेख गर्दैै उनले  आफूले हरेक मार्च २५ को साँझ कोरोना संक्रमणको अवस्थाबारे समीक्षा बैठक गर्ने गरेको बताएका छन् । उनले भनेका छन्, ‘अब भने म सकेसम्म यस्तो समीक्षा भिडियो बैठकबाट गर्ने कोसिस गर्छु ।’  

मुख्यमन्त्री चौहान र उनका मन्त्रीले शारीरिक दूरी पालना नगरेको भन्दै विपक्षी पार्टी कांग्रेसले आलोचना गरिरहेको थियो । हालैका दिनमा उनीहरू धेरैवटा कार्यक्रममा आफ्ना मन्त्री, अधिकारी र कार्यकर्ताका सँग निकै नजिक देखिएका थिए ।  

मध्य प्रदेश राज्यकै मन्त्री अरबिन्द भदौरिया कोरोना संक्रमणकै कारण अहिले अस्पतालमा छन् ।  

प्रकाशित: १० श्रावण २०७७ ०९:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App