२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नमूना स्वास्थ्य मन्त्रालय बनाउँछुः मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई नमूना मन्त्रालय बनाएर मात्र हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सो क्रममा उनले मन्त्रालयको पुर्नरसंरचना गरेर नमूना बनाउने अठोट गरे।  

सोमवार स्वास्थ्य मन्त्रालयसित सम्वन्धित सम्वन्धित संघ,संस्था र टे«ड युनियनका प्रतिनिधिहरुसितको छलफल कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त  गरेका हुन्।  

स्वास्थ्य मन्त्रालयको नेतृत्व आफूले गरेको कारण बिभिन्न स्वार्थगत समहूको निशानामा परेको भन्दै त्यसको सामना गर्ने समेत उनले बताए। ‘स्वास्थ्यमा आमुल परिवर्तनका लागि कोभिड १९ ले केही असहजता सिर्जना गरे पनि स्वास्थ्य मन्त्रालयलाई नमूना बनाएर मात्र हस्तान्तरण गर्छु ’उनले भने।  

नमूना मन्त्रालय बनाउनको लागि यो वर्ष इतिहांसकै उत्कृष्ट स्वास्थ्य नीति समेत बनेको दावी गरे। ‘यसलाई कार्यान्वयन गर्नको लागि सवै स्वास्थ्य संस्थाले साथ दिनु पर्छ ’ उनले भने। सोही क्रममा ढकालले भने, ‘मन्त्रालयभित्रै परिवर्तन नचाहने पनि छन्, तर यसपालि यो देशमा स्वास्थ्य मन्त्रालय पनि छ भन्ने अनुभूति दिलाउने गरी काम गर्छु ’ उनले भने।  

प्रस्तावित विषयहरु कार्यान्वयनको लागि गृहकार्य गर्नको लागि बिभिन्न समिति गठन गरिसकेको बताए। सोही क्रममा उनले आफुले पारदर्शी  भएर काम गरेको दावी गरे।  

‘असन्तुष्टि र आलोचनाले मात्र निकास दिँदैन, अरूको हतियार बनेर दुरूपयोग नगरौं,हामी सवैको कुरा सुन्छौं’ उनले भने।  सोही त्रममा उनले २५  वटा ल्याबबाट दैनिक १० हजारको नमुना परिक्षण गर्न सक्ने गरी क्षमतावृद्धि भइसकेको  जनाउ। मृतकवाट व्यक्ति र व्यक्तिवाट समाजमा कोरोना संक्रमण नफैलिओस् भन्नका लागि मृतक व्यक्तिहरुको पिसिआर गरेको उनले बताए।

प्रकाशित: ३० असार २०७७ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App