१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

वनस्पति क्षेत्रको थप विकास र व्यवस्थित गर्न जरुरी : मन्त्री ठकुरी

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको वनस्पति क्षेत्रको अध्ययन र अनुसन्धान गरी थप व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन्।

वनस्पति विभागको ६५ औं वार्षिकोत्सव तथा २६ औं वनस्पति दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वमै नपाइने वनस्पतिहरू नेपालमा रहेको भन्दै यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन्। उनले नेपालले विभिन्न प्रजाति, हावा, प्राकृतिक श्रोत, भूबनावटले आफ्नै पहिचान बनाएको बताए।

मन्त्री ठकुरीले नेपालमा रहेका वनस्पतिहरूको अध्ययन र अनुसन्धान गरेर थप व्यवस्थित र विकास गर्नसके देशको समृद्धिका लागि महत्वपूर्ण सावित हुने जिकिर गरे।

मन्त्री ठकुरीले भने, ‘नेपाल विभिन्न प्रजातिहरू, हाम्रो यो अत्यन्तै हाम्रो हावा, प्राकृतिक श्रोत, भूबनावट, नेपालको आफ्नै किसिमको पहिचान, भूबनावट, नेपाल अनेक प्रजातिका फूलहरू, वनस्पतिहरू रहेको देश नेपाल हो। यहाँ अध्ययन अनुसन्धान गरेर यसलाई थप व्यवस्थित र विकास गर्न यो विभागले महत्वपूर्ण योगदान गर्दै आएको छ। आफ्नो देशमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा पनि अनुसन्धानका माध्यमबाट र आफ्ना खोज र अनुसन्धानका माध्यमबाट चिनाउन सफल भएको छ। आगामी दिनमा पनि वनस्पति विभागले वनस्पतीसँग सम्बन्धित भएका धेरै कुरा अगाडि ल्याउन सफल हुनेछ।’

मन्त्री ठकुरीले नेपालमा ३ सयभन्दा बढी वनस्पति श्रोत रहेको भन्दै त्यसलाई जगेर्ना गर्न जरुरी रहेको बताए। 

प्रकाशित: २९ चैत्र २०८१ १०:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App