५ कार्तिक २०८१ सोमबार
image/svg+xml

कोरोना महामारीका बीच नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्‍योः राज्यमन्त्री केसी

सन् २०२१ मा कोभिड–१९ विरुद्धको राष्ट्रिय खोप कार्यक्रम लागू गर्ने यस क्षेत्रकै अग्रणी राष्ट्रमध्ये नेपाल पर्न सफल भएकोसमेत बताए। आकस्मिक अवस्थामा समेत अत्यावश्यक स्वास्थ्य सेवालाई सञ्चालन राख्न वैकल्पिक सेवा प्रवाहका माध्यम तथा सञ्जाल अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो। स्वास्थ्य राज्यमन्त्री केसी बिहीबार स्वदेश फर्किने हुनेछ।

मुख्यमन्त्रीलाई तिमिल्सिनाले भनेः संघीयता जेसुकै होस् तर सरकार नढलोस् भन्ने मनशायबाट मुक्त हुनुस्

राष्ट्रियसभा आफैंले संविधानको, संघियताको विरुद्धमा गएर विधेयकहरु पारित किन गरेको भन्ने मुख्यमन्त्री पाण्डेको आरोपको जवाफ दिँदै अध्यक्ष तिमिल्सिनाले दलको ह्वीप नलाग्ने गरेर सांसदहरुलाई स्वतन्त्रता प्रदान गर्न आवश्यक रहेको बताए। उनले अहिले बनेको गठबन्धनको सरकार टुट्ने अवस्थामा संघीयताको हक, अधिकार नहेरी किन गठबन्धन बचाउनका लागि किन हात उठाउनुहुन्छ भन्दै प्रश्न गरे।

संघीय सरकारविरुद्ध मुद्दा हाल्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

राष्ट्रियसभा अन्तरगतको संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सोमबार हेटौंडामा आयोजना गरेको ‘संघीय शासन प्रणाली सवलीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीयता विरोधी, संविधान विपरीतको सो विधेयक किन पारित गरेको? भनेर राष्ट्रियसभालाई प्रश्न समेत गरे।

लुम्बिनी प्राविधिक विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना

प्रदेशको समुन्नत विकासका लागि यस क्षेत्रमा विश्वविद्यालयको आवश्यकतालाई मध्यनजर गरी खजुरामा रहेको विश्वविद्यालयलाई आवश्यक पर्ने ९० विघा जग्गा उपलब्ध गराउन सक्षम भएको जनाएपछि खजुरामा प्राविधिक विश्वविद्यालयको प्रक्रिया अगाडि बढाइएको मुख्यमन्त्री केसीले बताए।

स्थानीय सरकारलाई संविधानले तोकेको अधिकार दिएमात्र देशको प्रगति हुन्छ: राज्यमन्त्री श्रेष्ठ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्थानीय सरकारलाई संविधानले तोकिएको अधिकार दिएमात्र देशको प्रगति हुने बताएका छन्।

मधेस प्रदेशका मुख्यमन्त्री राउत पर्सा क्षेत्र नं १ (ख) बाट सिफारिस

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री डा लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरेको छ।

मुख्यमन्त्री शाही प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ एकल सिफारिस

बिहीबार दुई वटै प्रदेश कार्यसमितिले प्रतिनिधिसभा सदस्यका लागि शाहीको एकल नाम सिफारिस गरेका हुन् भने प्रदेश कार्यसमिति ‘ख’ले प्रदेशसभा सदस्यका लागि एकल नाम सिफारिस गरेको हो।

स्वास्थ्यका मापदण्ड पालना गरी तीज मनाउन मुख्यमन्त्री भट्टको आग्रह

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली समाजमा रहेका सबैखाले विभेद एवं हिंसा अन्त्य र समतामूलक समाज निर्माणका लागि महिलाले निर्वाह गरेको भूमिकाको उच्च सम्मान प्रकट गरेका छन्।

तीजको मौलिकता कायम राख्न आवश्यकः मुख्यमन्त्री शाही

तीजको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले भड्किलोपन हटाउन सके पर्वको साँस्कृतिक महत्वको जगेर्ना हुने विश्वास व्यक्त गरे।

कर्णाली प्रदेशः अर्थमा कृष्णा आचार्य, जलस्रोतमा रातो कामी नियुक्त

‘फेरि सांसद भएर मन्त्री हुन नपाउने अवस्था भएकाले पालो पुर्‍याउनका लागि प्रत्यक्षतर्फ निर्वाचन लड्नेहरुलाई राजीनामा दिएर उहाँ (कामी र आचार्य)लाई मन्त्री बनाइएको हो,’ ती माओवादी सांसदले भने, ‘केही महिनाका लागि भएपनि माओवादी केन्द्रका हामी सबै सांसदहरु मन्त्री बन्न सफल भएका हौं।’

प्रदेश १ का मुख्यमन्त्रीको नाम सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा सिफारिस

मुख्यमन्त्री राईसहित चार जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो। सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरेको छ।

पहिचान विनाको प्रदेशको नाम मान्य हुन्नः मुख्यमन्त्री राई

नेपाल आदिवासी जनजाति महासङ्घ झापाको सातौँ जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उनले पहिचानसहित प्रदेशको नामकरण गर्न यो प्रदेशसभा तयार नभएकाले प्रदेश नं १ को नामकरणको विषय जटिल बन्दै गएको बताए। यदि सभामा प्रदेशको नामकरणको विषय प्रवेश गर्‍यो र पहिचान बिनाको प्रदेश १ को नामकरण गर्नुपर्ने स्थिति आएमा प्रदेशसभा नै बन्द गर्न यो सरकार पछि नहट्ने उनको भनाइ छ।

नयाँ पुस्तालाई जिताउनु मेरो जिम्मेवारीः पूर्वमुख्यमन्त्री पौडेल

उनले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेकाले आफूले दोस्रो पुस्तालाई समर्थन गर्ने बताए। उनले अहिले देशले साच्चै नै परिवर्तन खोजेको उल्लेख गर्दै अब नयाँ पूस्तालाई उम्मेदवार बनाउनु र जिताउनु नै आफ्नो मुख्य जिम्मेवारी हुने उल्लेख गरे।

प्रदेशका एकल अधिकारमा संघको हस्तक्षेप भयोः मुख्यमन्त्री राई

‘प्रदेशका एकल अधिकार संघको सूची भित्र पनि छ। तर प्रदेश प्रहरी साँच्चिकै एकल छ। यसपाली प्रहरी भवन बनाउने भनेर राखेको, आचारसंहिता पनि लागू भइसक्यो तर स्वीकृति माथिबाट चाहिने भएर रोकिएको छ। एक हिसाबले भन्ने हो भने संघ सरकारलाई सहयोग गरेको हो। त्यही पनि स्वीकृति नभएर काम गर्न पाएका छैनौँ।'

मुख्यमन्त्री राईको प्रश्न: आफूले प्रदेशको नामाकरण गर्न नसकेपछि मेरो काँधमा बन्दुक राख्न मिल्छ?

मंगलबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्