२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

तीजको मौलिकता कायम राख्न आवश्यकः मुख्यमन्त्री शाही

फाइल तस्बिर।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हरितालिका तीजको मौलिकता कायम राख्दै भड्किलोपन एवं खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको बताएका छन्।  

तीजको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले भड्किलोपन हटाउन सके पर्वको साँस्कृतिक महत्वको जगेर्ना हुने विश्वास व्यक्त गरे।  

मुख्यमन्त्री शाहीले तीज पर्वले समाजमा विद्यमान लैंगिक, जातिय विभेदलगायत सबै प्रकारका असमानताहरुको अन्त्य गर्दै समतामूलक समाज निर्माणमा अग्रसर हुन उप्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्। सन्देशमा भनिएको छ, ‘तीजले समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्न मद्दत गरेको छ, यसको आफ्नै मौलिकता छन्, चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाएको छ।’ साथै मुख्यमन्त्रीले यस्ता धार्मिक÷सांस्कृतिक पर्वले नेपालीहरुको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावकायम गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।  

खासगरी हिन्दु महिलाहरुले भाद्र शुक्ल तृतीयाका दिन मनाउने यो पर्वमा भगवान शिवको आराधाना गर्दै शौभाग्य, दीर्घायू र पारिवारिक सुखको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। 

प्रकाशित: १४ भाद्र २०७९ ०५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App