२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्थानीय सरकारलाई संविधानले तोकेको अधिकार दिएमात्र देशको प्रगति हुन्छ: राज्यमन्त्री श्रेष्ठ

फाइल तस्बिर

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्थानीय सरकारलाई संविधानले तोकिएको अधिकार दिएमात्र देशको प्रगति हुने बताएका छन्।  

राष्ट्रिय सभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिले सोमबार हेटौँडामा आयोजना गरेको ‘संघीय शासन प्रणाली सवलीकरण विषयक अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै उनले स्थानीय सरकारलाई जति अधिकार दियो त्यति देशको प्रगति हुने बताए।  

उनले स्थानीय, प्रदेश र संघबीच अधिकारको सम्बन्धमा विवाद हुने गरेको भन्दै स्थानीय सरकारलाई संविधानले तोकेको अधिकार दिनुपर्ने बताए। उनले स्थानीय सरकारलाई बलियो बनाउनुपर्नेमा जोड दिए।  

राज्यमन्त्री श्रेष्ठले स्थानीय सरकारले जनतालाई प्रत्यक्ष अनुभुित हुनेगरी गर्न प्राथमिकता दिइनुपर्ने बताए। 

प्रकाशित: २० भाद्र २०७९ ०७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App