९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

सांसद नबन्दै मुख्यमन्त्रीमा चर्चा

७ नम्बर प्रदेशमा बाम गठबन्धनको सरकार बन्ने निश्चित भएपछि मुख्यमन्त्रीमा नेकपा एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य कर्णबहादुर थापाको नाम चर्चामा छ। नेकपा एमाले उपाध्यक्ष भीमबहादुर रावल, माओवादी नेता लेखराज भट्ट, प्रतिनिधि सभाको उम्मेदवार बने लगत्तै थापाको नाम चर्चामा आएको थियो।

सबैको चासो प्रदेश मुख्यमन्त्रीमा

मंसिर १० र २१ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतपरिणामको अन्तिम नतिजा धमाधम आउँदै गर्दा वाम गठबन्धनले स्पष्ट बहुमत पाउने देखिएपछि अब प्रदेशको मुख्यमन्त्री को होला भन्ने सर्वत्र चासो हुन थालेको छ।

मुख्यमन्त्री ‘रेस’ मा शंकर पोखरेल

प्रतिनिधि सभा सदस्यको उम्मेदवारका दाबेदार एमाले नेता शंकर पोख्रेललाई प्रदेशसभामा निर्वाचन लड्न आएको प्रस्तावमा उनले एउटा सर्त राखे ‘म पाँच नम्बरको मुख्य मन्त्री बन्नु पर्छ।

कर्णालीका तीनवटै मुख्यमन्त्रीका आकांक्षी विजयी

प्रदेश नम्बर ६ बाट मुख्यमन्त्रीका आकांक्षी कर्णालीका तीनै जना उम्मेदवार विजयी बनेका छ । जुम्लाका नरेश भण्डारी, कालिकोटका महेन्द्र शाही र हुम्लाका जीवनबहादुर शाही विजयी बनेका हुन् ।

मुख्यमन्त्रीका प्रस्तावित उम्मेदवार शंकर पोखरेल विजयी

दाङ क्षेत्र नम्बर २ को क मा एमालेका प्रदेशसभाका उम्मेदवार शंकर पोखरेल विजयी भएका छन्। उनले २० हजार ७२३ मतसहित विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १७२ मत पाए।

यमनमा युद्धविरामका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुथ्रेसले यमनमा युद्धविराम गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेका छन्।  जतिसक्दो चाँडै युद्धविराम गर्न सकिएमा यमनमा हाल जारी रहेको मानवीय सङ्कट कम गर्न सकिने उनले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

मुख्यमन्त्रीको आकांक्षासहित थारू समुदायका २०२ उम्मेदवार मैदानमा

मुलुकको कुल जनसंख्यामा चौथो हिस्सा ओगटेको थारू समुदायबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ २ सय २ उम्मेदवार भिड्दैछन् । तीमध्ये प्रतिनिधिसभामा ६७ जना र प्रदेशसभामा १ सय ३५ जना थारू उम्मेदवार चुनावी मैदानमा छन् । सबैभन्दा धेरै स्वतन्त्रतर्फ उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा १४ जना र प्रदेशसभामा २६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । थारू समुदायबाट प्रदेशसभामा उम्मेदवार बनेका कतिपयले मुख्यमन्त्रीको आकांक्षासमेत देखाएका छन्।

एउटै क्षेत्रबाट तीन पूर्वराज्यमन्त्री प्रतिस्पर्धामा

नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन्। तीमध्ये निर्वाचन क्षेत्र नं २ बाट मात्र तीन पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन्।

सिंचाई राज्यमन्त्री चढेकाे गाडीमा बम विष्फोट

सिंचाई राज्यमन्त्री तथा कांगेसका प्रतिनिधि सभा उमेदवार अमर सिंह पुनको गाडीमा बम बिष्फोट गराईएको छ । सदरमुकाम हुदै जौलिपोखरीको सभामा भाग लिन हिडेका पुनको गाडीमा घोडागाउँमा बम बिष्फोट गराईएको थियो ।

विरासत जोगाउन कस्सिए दुई राज्यमन्त्री

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बैतडीमा चुनावी सरगर्मीले उच्च गति लिएको छ।  पहिलोचरणअन्तर्गत बैतडीमा आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ। एउटा निर्वाचन क्षेत्र भएको बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वर्तमान र पूर्व राज्यमन्त्री बीच कडा प्रतिस्प्रर्धा हुने देखिएको छ।

बैतडीमा दुई राज्यमन्त्रीबीच टक्कर

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा यसअघि संविधानसभाको निर्वाचनमा विजयी भएका पूर्वसांसदबीच टक्कर हुने भएको छ। दोस्रो संविधानसभा निर्वाचनका बेला दुई क्षेत्र रहेको बैतडीमा क्षेत्र नं १ बाट नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका थिए भने क्षेत्र नं २ बाट नेपाली काँग्रेसका नरबहादुर चन्द विजयी भएका थिए। भण्डारी केपी ओली सरकारका बेलामा अर्थराज्यमन्त्री बनेका थिए भने चन्द अहिले वाणिज्यराज्यमन्त्री छन्।

प्रदेश २ : यस्ता छन् सम्भावित मुख्यमन्त्री

त्रिपक्षीय रुपमा कडा प्रतिस्पर्धा हुने देखिएको प्रदेश नम्बर २ मा भावी मुख्यमन्त्रीका रुपमा विभिन्न नेतालाई प्रदेशसभातर्फ उम्मेदवार बनाइएको छ । यो प्रदेशमा कांग्रेस, वामपन्थी गठबन्धन र मधेस केन्द्रित गठबन्धनको बीचमा तीव्र प्रतिस्पर्धा हुने अवस्था छ ।

क्यान्सरबाट अकालमा मर्न नपरोस् : राज्यमन्त्री लामा

उद्योग राज्यमन्त्री रेशम वहादुर लामाले कर्णालीमा क्यान्सर रोग लागेकाे कारण अकालमा मर्नु पर्ने अवस्थाको अन्त्य हुनु पर्ने बताएका छन्। उनले क्यान्सर विरुद्धको अभियानलाई निरन्तरता दिएर सचेतनाका क्रियाकलापमा जोड दिनुपर्ने जानकारी गराए ।

यमनी राष्ट्रपति साउदीमा नजरबन्द

यमनी राष्ट्रपति अब्दराबुह मन्सुर हादी र उनका छोराहरुसहित यमनका मन्त्री तथा अन्य सरकारी अधिकारीलाई कैयौं महिनासम्म यमन फर्कन नमिल्ने गरी साउदी अरबले घरमै नजरबन्द गरेको यमनी अधिकारीलाई उल्लेख गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ।

शिवम् न्यु डायमन्ड च्याम्पियन

शिवम् न्यु डायमन्ड स्कुलको महिला टोली प्रथम प्याब्सन यु–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियन बन्दा पुरुषतर्फको टुङ्गो सोमबार लाग्ने भएको छ । आइतबार नयाँ बसपार्कमा शिवम् न्यु डायमन्डले बुटवलको एभरेस्टलाई २५–१३, २५–१४, २५–१७ ले हरायोे । न्यु डायमन्डले शिवम् सिमेन्टलाई मुख्य प्रायोजकका रूपमा पाएपछि पहिलो पटक उपाधि जितेको हो । गत साउनमा शिवम् सिमेन्टले डायमन्डलाई ८ लाखको प्रायोजन गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्