९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

मुख्यमन्त्री मोहले प्रदेशसभामा

जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीमा सिफारिस भएका एमाले पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले अन्ततः सल्यानबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् । पार्टीबाट प्रदेश सरकारको नेतृत्व गर्ने आकांक्षासहित उनी प्रदेशसभा सदस्य निर्वाचनमा होमिएका हुन् ।

न्यु डायमन्ड र मेघौली क्वार्टरफाइनलमा

शिवम् न्यु डायमन्ड एकेडेमी र चितवनको मेघौली स्पोर्ट्स एन्ड एजुकेसन क्लबको महिला टोली प्रथम प्याब्सन यु–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् ।

ठाकुरलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छैनः उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेता महन्थ ठाकुरलाई २ नं प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव नगरिएको दाबी गरेका छन्।

यमनको मानवीय अवस्था विकराल : राष्ट्रसंघ प्रतिनिधि

संयुक्त राष्ट्रसंघ मानवीय सहायता प्रमुखले यमनमा द्वन्द्वका कारण मानवीय सङ्कट भयावह बनेको बताएका छन्। राष्ट्रसंघ मानवीय सहायता प्रमुख मार्क लोककले शनिबार आफ्नो पाँच दिन लामो भ्रमणपछि यमनी द्वन्द्वले उक्त मुलुकमा पारेको प्रभावबारे बोल्दै भने, 'अरब मुलक यमनमा जतिसक्दो छिट्टै राजनैतिक प्रक्रियामार्फत द्वन्द्वको अन्त्य गर्नुपर्छ।'

ठाकुरलाई मुख्यमन्त्री प्रस्ताव

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धनले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई २ नम्बर प्रदेशको मुख्यमन्त्री प्रस्ताव गरेको छ । फोरम र राजपाका नेताहरूले २ नम्बर प्रदेशको मुख्यमन्त्री फोरम–राजपा गठबन्धनले पाउनुपर्ने अडान नेपाली कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनसँग राखेका छन् । यसमा कांग्रेस पनि सहमत हुने विश्वास राजपा नेताहरूको छ।

देशको समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन बनाउनु परेको हो : अर्थ राज्यमन्त्री

अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले देशको आर्थिक समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको बताएका छन्। ललितपुरको गोदावरीमा नेपाली काँग्रेसले आयोजना गरेको पार्टीका क्रियाशील सदस्यहरुको भेलामा उनले कम्यूनिष्ट अधिनायकबादबाट देशलार्इ बचाउन लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिनुपरेको उल्लेख गरे।

७ नम्वर प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता थापा आकांक्षी

सात नम्बर प्रदेशको मुख्यमन्त्रीको दावी सहित एमाले नेता कर्ण बहादुर थापा प्रदेश सभाको समानुपातिकमा बसेका छन्। एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य एवं प्रदेश सहसंयोजक थापा प्रदेश तर्फको समानुपातिक कोटामा सिफारिस भएका छन्।

मुख्यमन्त्री बेनर्जीले भनिन्: गोर्खाल्यान्डको स्थायी समाधानको सुझाव दिनुस्

भारत पश्चिमबंगाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले दार्जिलिङलगायत पहाडमा केही महिनायता देखिएको समस्या समाधानको उचित खाका प्रस्ताव माग गरेकी छिन्।

स्वास्थ्यमन्त्रीकाे गृहनगरमा ९८ जना डेंगु संक्रमित

महोत्तरी जिल्लाको बर्दिबासमा पाँचजनाबाट सुरु भएको डेंगु रोग अहिले ९८ जनामा पुगेको छ ।जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरका अनुसार बर्दिबास अस्पतालमा ९८ जनालाई डेंगु रोग देखा परेकाे जानकाररी गराए ।

हेभिवेटको रुचिमा परेन मुख्यमन्त्री

प्रदेश नम्बर ७ का शीर्ष नेताले मुख्यमन्त्रीमा रुचि नदेखाउँदा यो जिम्मेवारी युवाको काँधमा आउने सम्भावना बढेको छ । नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका पहिलो पुस्ताका ‘हेभिवेट’ नेताले केन्द्रमा जाने चाहना राखेपछि दोस्रो पुस्ताका नेताका लागि मुख्यमन्त्री बन्ने बाटो खुला भएको हो ।

मुख्यमन्त्रीका आकांक्षी बढ्दै

संसदीय विकास समितिका सभापतिसमेत रहेका एमाले नेता रवीन्द्र अधिकारी प्रदेशसभा सदस्य निर्वाचन लडेर मुख्यमन्त्री बन्ने अनुमान धेरैले गरेका थिए । तर, एमालेले उनलाई प्रतिनिधिसभा निर्वाचनमा कास्की–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउन सिफारिस गर्यो ।

यमनमा दुई हजारभन्दा बढीको मृत्यु

यमनमा गएको करिब चार महिनादेखि फैलिएको हैजाबाट दुई हजार १५१ जनाको मृत्यु भइसकेको पछिल्लो तथ्यांकमा खुल्न आएको छ । गएको अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या बढेर दुई हजार एक ५१ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शनिबार जनाएको समाचारमा उल्लेख छ ।

६ नम्बर प्रदेशको मुख्यमन्त्रीमा ‘हेभिवेट’को अरुचि

कांग्रेस नेता पूर्णबहादुर खड्कालाई धेरैले पार्टीका तर्पmबाट ६ नम्बर प्रदेशको मुख्यमन्त्री उम्मेदवार हुने अनुमान गरेका थिए । तर, उनी सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि एकल उम्मेदवारका रूपमा सिफारिस भए । खड्का निकटका अनुसार राष्ट्रिय राजनीतिमा उचाइ बनाइसकेका उनको ‘दूरदृष्टि’ केन्द्रीय सरकार र राष्ट्रिय राजनीतिमै छ ।

विदेशी इशारामा कम्युनिष्ट एकता : राज्यमन्त्री बिष्ट

सूचना तथा सन्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले कम्युनिस्ट पार्टीबीचको एकता बिदेशीको इशारामा भएको आरोप लगाएका छन्। सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा छिमेकी चीनप्रती संकेत गर्दै उनले भने, "यो यकता लोकतन्त्रको आडमा टेकेर तानाशाह लाद्ने प्रयत्न हो, तर यो सफल हुँदैन।"

दुई राज्यमन्त्री थपेर देउवा आफ्नै कीर्तिमान तोड्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्