९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

यमनमा २०  हुथी विद्रोही मारिए

साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा परी यमनका कम्तीमा २० जना हुथी विद्रोही लडाकूहरुको मृत्यु भएको छ।

निगमको जग्गा खरिदमा नीतिगत भ्रष्टाचार: राज्यमन्त्री रज्जाक

खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले आयल निगमले डिपो स्थानान्तरणका लागि रुपन्देहीमा जग्गा खरीद गर्दा कागजी प्रक्रिया मिलाएर नीतिगत रुपमै भ्रष्टाचार गरेको दावी गरेका छन।

श्रमजीवि पत्रकारका समस्या समाधान गर्न पहल गर्छु : सञ्चार राज्यमन्त्री विष्ट

सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले श्रमजिवी पत्रकारका समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाएका छन्। पत्रकार महासंघ बाँकेले बुधबार गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमजिवी पत्रकारका समस्यालाई अध्ययन गरेर आफूले समस्या समाधान गर्ने बताए । ‘श्रमजिवी पत्रकारको समस्यालाई अध्ययन गरेर समस्या समाधानको पहल गर्नेछु,’ उनले भने ।

प्रधानमन्त्रीको भारत भ्रमण सकारात्मक:  राज्यमन्त्री विष्ट

सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सकारात्मक भएको दावी गरेका छन्।

पहिलो महिनाको तलब स्कुललाई दिने राज्यमन्त्रीको घोषणा

जिल्लाबाट पहिलोपटक महिला राज्यमन्त्री पदमा नियुक्त भएपछि बाग्लुङमा खुसीयाली छाएको छ। सरकारको नेतृत्व गरिरहेको दलबाट बाग्लुङकी नेतृ राज्यमन्त्रीमा पुगेपछि यहाँको विकासमा ठोस योगदान हुने बाग्लुङबासीको विश्वास छ।

राज्यमन्त्रीको बिजोग : न कार्यकक्ष न आवास

मन्त्रालयमा बस्ने कोठा नभएपछि कहिले मन्त्रीको कार्यकक्षमा गएर बस्छु, कहिले बाहिरका कार्यक्रममा गई समय बिताउँछु।

न्यु डायमन्ड र एपिएफ फाइनलमा

छैटौं संस्करणको महिला भलिबल प्रतियोगितामा न्यु डायमन्ड एकेडेमी र सशस्त्र प्रहरीको एपिएफ क्लब उपाधिनजिक पुगेका छन्। बुधबार भएको सेमिफाइनलमा न्यु डायमन्डले पश्चिमाञ्चल र एपिएफले नेपाल पुलिस क्लबलाई पराजित गरेका हुन्।

प्रधानमन्त्रीद्वारा १५ राज्यमन्त्रीलाई शपथ

प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त १५ राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा नेपाली काँग्रेसका १२ र नेपाल लोकतान्त्रिक फोरमका तीन राज्यमन्त्रीलाई शपथ गराइएको हो।

पन्ध्र राज्यमन्त्री थपिँदै

भारत भ्रमण जानुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा १५ जना राज्यमन्त्री थप्ने सहभागी गराउने भएका छन्। देउवाले कांग्रेसबाट १२ जना र नेपाल लोकतान्त्रिक फोरमबाट ३ जना गरी १५ जना राज्यमन्त्री सहभागी गराउन लागेका हुन्।

बाढीपीडितलाई २४ घण्टा सेवा गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आज महोत्तरी जिल्लाका स्वास्थ्यकर्मीलाई २४सै घण्टा बाढीपीडितको सेवामा रहन निर्देशन दिएका छन्।

माओवादीका ८ राज्यमन्त्री थपिने

प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा माओवादी केन्द्रका तर्फबाट ८ जना राज्यमन्त्री थपिने भएका छन्।

नितिश कुमार बिहारको छैटौं मुख्यमन्त्री

नितिश कुमार बिहारको २२औं मुख्यमन्त्री बनेका छन्। उनी छैटौंपटक मुख्यमन्त्रीको शपथ लिएका छन्। उनीसँगै सुशील कुमार मोदीले उपमुख्य मन्त्रीको शपथ लिए।

यमनलाई गोल रहित बराबरीमा रोक्दै नेपालले अंक जोड्यो

एएफसी एसिया कप २०१९ को छनोट अन्तर्गतको खेलमा नेपालले यमनलाई गोल रहित बराबरीमा रोकेको छ।

नेपाल र यमनबीचको खेल जारी

एएफसी एसिया कप २०१९ को छनोट अन्तर्गत नेपाल र यमनबीचको खेल सुरु भएको छ। हलचोक स्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा खेल भइरहेको छ। यसअघिको छनोट चरणमा फिलिपिन्ससँग पराजित भएको नेपाल घरेलु मैदानमा हुने खेलमा जित हासिल गर्ने लक्ष्यमा छ।

बेल्जियमका न्यायमन्त्रीलाई लुम्बिनीको तस्बिर उपहार

लुम्बिनी कपिलवस्तु विश्व अभियानले बेल्जियमका न्यायमन्त्री कोएन गककएन्सलाई लुम्बिनीको तस्बिर उपहारस्वरुप प्रदान गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्