५ आश्विन २०८१ शनिबार
image/svg+xml

महालेखा प्रतिवेदन : करिब सात खर्ब बेरुजू

सरकारको बेरुजू ६ खर्ब ८३ अर्ब ६६ करोड पुगेको छ। गत आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षणबाट सो अंकको बेरुजू निस्किएको हो। उक्त बेरुजूमध्ये तीन खर्ब ७७ अर्ब ४८ करोड अद्यावधिक र तीन खर्ब ६ अर्ब १८ करोड लेखापरीक्षण बक्यौता, राजस्व बक्यौक्त, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण समेत जोड्दा सो अंकको बेरुजू पुगेको महालेखा परीक्षक टंकमणि शर्माले जानकारी दिए।

परीक्षणमा मोदी विदेश नीति

विभिन्न मुलुकले मूलतः देश सञ्चालनका लागि वा गृह र विदेश नीति सञ्चालनका लागि अध्यक्षतात्मक, संसदीय, मिश्रितलगायतकाशासन प्रणाली अपनाएका छन्। पश्चिमा मुलुकअमेरिकामा अध्यक्षतात्मक प्रणाली छ।

निर्यात हुने सामग्रीको नमूना परीक्षण शून्य

रसुवागढी नाकाबाट खाद्य सामग्रीको आयात तथा निर्यात हुने क्रम बढ्दै गएको छ। खाद्य सामग्रीको आयात तथा निर्यात बढेसँगै गत माघ १३ गतेदेखि खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय सञ्चालनमा आएको छ।

स्वास्थ्य संस्था सूचिकृत हुन श्रम मन्त्रालयको आह्वान

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थालाई सुचिकृत हुन् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आह्वान गरेको छ।

माटो परीक्षण शिविर

उत्पादन क्षमता बढाउन जिल्लाको ज्वालामुखी गाउँपालिका–४ मा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ। वडा कार्यालयले ‘कृषि कर्म इच्छाले होइन, शिक्षाले गरौं’ भन्ने नाराका साथ आफ्नो वडाका सबै किसानको माटो परीक्षण गराएका हुन्।

पाठेघर निःशुल्क परीक्षण

जिल्लाको दक्षिणी क्षेत्रमा सञ्चालन गरिएको एकदिने स्वास्थ्य शिविरमा ७० महिलाको पाठेघरमा रिङ राखिएको छ। परीक्षण गराएका मध्ये ३५ महिलाको पाठेघर शल्यक्रिया गर्नुपर्ने देखिएको छ। गोडैता नगरपालिकामा यसै साता आयोजना गरिएको स्वास्थ्य शिविरमा पाठेघरमा रिङ राखिएको हो।

प्रधानमन्त्री ओली डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। नियमित स्वास्थ्य परीक्षणका लागि बुधवार दिउँसो महाराजगञ्जस्थित अस्पताल पुगेका थिए। डा. अरुणा सायमीको नेतृत्वको टोलीले चेकजाँच गरेपछि ओली राती डिस्चार्ज भएका हुन्।

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन्। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार ओली नियमित स्वास्थ्य परीक्षणको लागि अस्पताल पुगेका हुन्।

टुटल र पठाओको कर परीक्षण अन्तिम चरणमा

सरकारले राइड–सेयरिङ एप टुटल र पठाओको कर परीक्षण अन्तिम चरणमा पुर्‍याएको छ। आन्तरिक राजस्व विभागले टुटलसँगै यस्तै प्रकृतिको सेवा सञ्चालन गरिरहेको पठाओको पनि मूल्य अभिवृद्धिकर (भ्याट) र आयकरको अनुसन्धान गरिरहेको छ।

प्रोष्टेट परीक्षण गर्न विज्ञको सुझाव

समय समयमा प्रोष्टेट परीक्षण गर्न विज्ञहरूले सुझाव दिएका छन्। उमेर छिप्पिदै जाँदा पुरुषमा देखापर्ने यो रोग समयमै परीक्षण गर्न सके दीर्घकालीन समस्याबाट मुक्त हुन सकिन्छ। प्रोष्टेट पुरुषमा जन्मदेखि नै हुने अङ्ग हो। पिसाब नली र पिसाबथैलीको बीचमा प्रोष्टेट हुन्छ।

‘तीन महिनाभित्र लेखापरीक्षण गर’

हरेक सार्वजनिक संस्थानले वार्षिक रुपमा लेखापरीक्षण गर्नुपर्ने भए पनि दुई दर्जनभन्दा बढी संस्थानले लेखापरीक्षण नगरेपछि तत्काल गर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ। अर्थ मन्त्रालयको सार्वजनिक संस्थान वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०७५ अनुसार ४० सार्वजनिक संस्थामध्ये १० ले मात्र नियमित लेखापरीक्षण गराएका छन्।

समायोजित १३ हजार कर्मचारीमध्ये अधिकांश संघमा

सरकारले सोमबार साँझसम्म १३ हजार तीन सय ४१ कर्मचारीको समायोजन टुंगो लगाएको छ। तीमध्ये ११ हजार आठ सय ९५ कर्मचारीको समायोजन संघमै भएको छ। यसअघि सरकारले न्याय सेवा र लेखापरीक्षण समूहका ६ हजार कर्मचारीलाई स्वतः संघमा समायोजन गरेको थियो।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : असारमा परीक्षण उडान

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो असारदेखि सञ्चालनमा आउने भएको छ। असारमा परीक्षण उडान गर्ने गरी विमानस्थल निर्माण धमाधम भइरहेको छ। विमानस्थल निर्माण सन् २०१४ डिसेम्बरबाट सुरु भएको हो।

वडामै स्वास्थ्य प्रयोगशाला

तारकेश्वर नगरपालिका वडा ९ को पहल र नगर सहरी स्वास्थ्य केन्द्रको आयोजनामा स्वास्थ्य प्रयोगशाला कक्ष उद्घाटन तथा दुई दिने निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण गर्न सजिलो होस् भन्ने लक्ष्यले स्वास्थ्य प्रयोगशालाको व्यवस्था गरिएको बताइएको छ ।

विशेष टोली गठन गर्न सिफारिस, भेजिनल स्वाबको नमुना संकलन नै गलत

राष्ट्रिय मानवअधिकार आयोगले निर्मला पन्तको भेजिनल स्वाबको नमुना परीक्षणको संकलन प्रक्रिया गलत रहेको जनाएको छ। कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया पन्तको गत साउनमा बलात्कारपछि हत्या गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्