४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नीति तथा कार्यक्रममा पाठेघर र स्तन क्यान्सर प्राथमिकतामा

सरकारले हरेक नागरिकलाई बर्षको एक पटक आधारभूत प्रयोगशालामा स्वास्थ्य परिक्षण गराउने नीति ल्याएको छ। यसैगरी पाँच बर्ष माथि उमेरका सबैलाई कोरोना खोप अनिवार्य गर्ने नीति ल्याएको छ। महिलाको पाठेघर क्यान्सरको निःशूल्क स्क्रिनिङ सेवा उपलब्ध गराउने बताइएको छ। साथै पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोपको व्यवस्था गर्ने तथा स्तन क्यान्सर निर्मुल र नियन्त्रणका कार्यक्रम पनि ल्याउने भएको छ।

महिला प्रजनन् अंगमा हुने क्यान्सर उपचारमा गण्डकी सरकारले सघाउने

महिला प्रजनन् अंगमा हुने क्यान्सरको उपचारमा गण्डकी प्रदेश सरकारले सघाउने भएको छ। महिलाहरुको प्रजनन् अंगमा हुने क्यान्सरको उपचारमा सघाउने गरी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र गण्डकी सरकारबीच सम्झौता भएको हो।

समयमै उपचारले निको हुन्छ बालबालिकाको क्यान्सर

समयमै उपचारमा पुगेमा ९० प्रतिशत बालबालिकाको क्यान्सर निको हुन्छ। समयमै नपुगेको कारण हाल कान्ति बालमा उपचारमा पुगेका ७० प्रतिशत बालबालिकाको मात्र क्यान्सर निको हुने गरेको छ।

युवा उमेरमै मुखको क्यान्सर

विकसित देशहरूमा ५० वर्ष बितेपछि देखिने मुखको क्यान्सर नेपालमा भने ३० देखि ५० वर्षभित्रै बढी देखिने गरेको उपचारमा संलग्न चिकित्सक बताउँछन्। नेपालमा मुखका क्यान्सर रोगीमध्ये ५० वर्षमुनिका ५० प्रतिशत र ५० वर्षमाथिका ५० प्रतिशत छन्।

सामुदायिक वनका समस्या समाधान गर्न तयार छौँ: मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामुदायिक वनका समस्याको समाधान गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताएका छन्।

क्यान्सर पीडितलाई मासिक भत्ता दिने तयारी

नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको सिरहाको लहानमा हिजो उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले क्यान्सर पीडितको उपचारार्थ कानुन बनाएरै मासिक भत्ता उपलब्ध गराउने तयारी भइरहेको बताए।

सबैखाले रक्त क्यान्सर परीक्षण सुरु

अब नेपालमै परीक्षण सेवा सुरु भएपछि रगतका विभिन्न क्यान्सरका बिरामीले लामो समय नकुरी रिपोर्ट पाउने डा. गुप्ताले बताए।

क्यान्सर र मिर्गौला रोगीलाई मासिक पाँच हजार

सरकारले क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिने भएको छ।

अघिल्लो सरकारले गरेको निर्णय रोक्न निर्देशन

मन्त्री श्रेष्ठले क्यान्सर रोगसम्बन्धी अध्ययन र अनुसन्धान केन्द्रका रूपमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विकास गरिने उल्लेख गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पर्याप्त जमिन र भौतिक संरचना भएकाले इन्स्टिच्युट यही अस्पताल परिसरमा बनाउनुपर्नेमा जोड दिए।

अब नेपालमै क्यान्सरविरुद्धको औषधि उत्पादन

उनले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया सुरु गरिएको र एक महिनाभित्र केही औषधि व्यावसायिक रूपमै बजारमा पुग्ने जानकारी दिए।

आन्द्राको क्यान्सरबाट पीडित अधिकारीलाई सहयोग

खोटाङका एक क्यान्सर बिरामीलाई उपचार खर्च जुटाइएको छ। आन्द्राको क्यान्सरबाट थलिएपछि हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ४७ वर्षीय तारानाथ अधिकारीलाई उपचार खर्च जुटाइएको हो।

अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर

६८ वर्षीया अभिनेत्रीको मुम्बईमा उपचार भइरहेको छ। चन्डीगढका बीजेपी अध्यक्ष अरुणले उक्त जानकारी भारतीय सञ्चार माध्यमलाई दिएका छन्। उनका अनुसार किरणलाई गत वर्ष नोभेम्बरमा यो रोग पत्ता लागेको थियो।

मुखको क्यान्सर फैलाउँदै चुरोटखैनी

झापा शनिश्चरेका ७० वर्षीय कपिलमणि बास्तोला चार महिनाअघि बिस्तारै आवाज निस्कन छोड्यो । उनी सुरुमा भरतपुर क्यान्सर अस्पताल पुगे । त्यहाँ घाँटीको क्यान्सर भएको चिकित्सकले पत्ता लगाए । टाढाको उपचार उनका लागि जटिल समस्या बन्यो । यही एक महिनापछि पूर्वाञ्चल क्यान्सर अस्पताल पुगे ।

सय शय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा

झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संयुक्त रूपमा सो अस्पतालको औपचारिक उद्घाटन गरे। व्यवसायी दुर्गा प्रसाइँले सञ्चालनमा ल्याएको सो अस्पतालले सुरुमा १ सय शय्याबाट सेवा सुरु गरेको होे। निकट भविष्यमै ३ सय शय्यामा स्तरोन्नति गरिने अस्पतालले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्