५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

नीति तथा कार्यक्रममा पाठेघर र स्तन क्यान्सर प्राथमिकतामा

सरकारले हरेक नागरिकलाई बर्षको एक पटक आधारभूत प्रयोगशालामा स्वास्थ्य परिक्षण गराउने नीति ल्याएको छ। यसैगरी पाँच बर्ष माथि उमेरका सबैलाई कोरोना खोप अनिवार्य गर्ने नीति ल्याएको छ। महिलाको पाठेघर क्यान्सरको निःशूल्क स्क्रिनिङ सेवा उपलब्ध गराउने बताइएको छ। साथै पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोपको व्यवस्था गर्ने तथा स्तन क्यान्सर निर्मुल र नियन्त्रणका कार्यक्रम पनि ल्याउने भएको छ। हरेक प्रदेशमा रक्त संचार केन्द्र स्थापना गर्ने बताइएको छ।  

 यसैगरी नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बुहक्षेत्रिय कार्ययोजना कार्यान्नय गर्ने, क्यान्सरलगायतका दिर्घरोगीका लागि प्रत्येक प्रदेशमा पुर्नस्थापन तथा परामर्श केन्द्र स्थापना, एक स्वास्थ्य रणनीति कार्यान्वयनमा ल्याइने बताइएको छ। नीति तथा कार्यक्रमअनुसार श्रमिकको हक अधिकार सुनिश्चित गरिनेछ। नेपाली जनशक्तिलाई स्वदेशमै राजगारी दिने नीति लिइनेछ। सार्वजनिक क्षेत्रमा रोजगारी सिर्जना गरिनेछ। श्रम बजारको माग अनुसारको विशिष्टकृत सिपयुक्त जनशक्ति विकास गर्ने नीति लिइनेछ।  

प्रकाशित: १० जेष्ठ २०७९ १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App