४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

झापामा सबैभन्दा ठूलो क्यान्सर अस्पताल सञ्चालनमा

बीएण्डसी अस्पताल परिसरमा ६ सय करोडको लगानीमा क्यान्सर उपचार सेवाका लागि आवश्यक आधुनिक पूर्वाधार तयार भएको हो। निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो सो क्यान्सर अस्पताल रहेको दाबी गरिएको छ।

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी समस्याबारे स्वास्थ्यमन्त्रीसँग छलफल

स्वास्थ्यमन्त्री ढकालले कार्यविधि आदेशबाट कर्मचारीलाई अप्ठेरो हुन गएको भए छलफल गरी खाइपाई आएको सुविधालाई असर नपर्ने गरी व्यवस्थापन गर्न आफु सकारात्मक भएको बताएका छन्।

सुशील कोइराला क्यान्सर अस्पतालमा सर्जरी सेवा सञ्चालन

बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सर्जरी सेवा सञ्चालनमा ल्याएको छ। खजुरा गाउँपालिका वडा नम्बर ७ मा रहेको उक्त अस्पतालले शुक्रबार औपचारिक रुपमा उक्त सेवा सञ्चालनमा ल्याएको हो।

बिपी प्रतिष्ठानमा क्यान्सरको उपचार सुरु

कोरोना कहरकैबीच बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले क्यान्सर रोगको उपचार सुरु गरेको छ।

वीपी प्रतिष्ठानमा क्यान्सरको उपचार सुरु, सय बढीको भयो किमोथेरापी

कोरोना कहरकै बीचमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले क्यान्सर रोगको उपचार सुरु गरेको छ। वीर हस्पिटल न्याम्सबाट मेडिकल अंकोलोजीमा डिएम गरेकी डा.सोनिया दुलाल स्वास्थ्य मन्त्रालयको बण्डमार्फत प्रतिष्ठानमा आएपछि क्यान्सर रोगको उपचार सुरु भएको हो।

क्यान्सरबाट मुक्त भएपछि सञ्जय दत्तले यसो भने

भारतीय अभिनेता सञ्जय दत्त क्यान्सरबाट मुक्त भइसकेका छन्। उनले ट्विटरबाट आफू स्वस्थ भइसकेको जानकारी दिएका हुन्।

‘सुरुसुरुमा मरिएला कि भन्ने डर लाग्थ्यो, तर पछि यसरी जितें स्तन क्यान्सरलाई’

अक्टोबर महिनामा विश्वभर नै ‘समयमै उपचार गर्ने हो भने क्यान्सर निको हुन्छ’ नारासाथ स्तन क्यान्सरविरुद्धको अभियान सञ्चालन गरिन्छ।

‘समयमा उपचार गरे निको हुन्छ क्यान्सर, कतिपय आफैं परीक्षण गर्न पनि सकिन्छ

नेपालमा क्यान्सरको उपचारका लागि स्वदेशमै जनशक्ति उत्पादन र सेवामा विशिष्टीकरण आवश्यक रहेको औँल्याइएको छ । हरेक वर्ष ठूलो सङ्ख्यामा बिरामीहरु उपचारका लागि विदेश जाने गर्दछन् । विदेशिने रकम रोक्न र सस्तोमा सहज उपचारका लागि सेवा विशिष्टीकरण आवश्यक रहेको विज्ञहरुको भनाइ छ ।

क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले आज एक सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोभिड–१९ बाट संक्रमित भएकाले सेवा बन्द गरिएको जानकारी दिए ।

क्यान्सर अस्पतालका कर्मचारीद्वारा विशेष भत्ता नलिने

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरुले जेठ महिनादेखिको विशेष भत्ता नलिने स्वघोषणा गरेका छन् । भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याण संघका अध्यक्ष शिवराम धुख्वाले कर्मचारीहरुकोतर्फबाट विज्ञप्ति प्रकाशित गरी लकडाउनको यो विशेष संकटमा विशेष भत्ता नलिने स्वघोषणा सार्वजनिक गरेका हुन् ।

क्यान्सर अस्पताललाई जोगाउन कर्मचारीको गुहार

क्यान्सर उपचारमा चर्चित भक्तपुरको क्यान्सर अस्पताललाई जोगाउन कर्मचारीहरुले गुहार मागेका छन् । व्यवस्थापन समितिले दैनिक अति आवश्यक सेवाका खर्चका चेकहरुमा हस्ताक्षर नगरीदिंदा अस्पताल सञ्चालनमा समस्या भएको भन्दै उनीहरुले अस्पताललाई जोगाउन आग्रह गरेका हुन् ।

स्तन क्यान्सर पत्ता लगाउने मेमोग्रामको प्रयोग बढ्दै

पछिल्लो समय मेमोग्राम गर्ने अभ्यास बढिरहेको चिकित्सक बताउँछन् । मेमोग्रामले महिलाको स्तन क्यान्सरका साना गिर्खा पनि थाहा पाउने भएकाले स्तन क्यान्सर हो वा हैन भनेर निक्र्योल गर्नका लागि मेमोग्राम प्रभावकारी भएको वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्यले बताए ।

कण्टकारी क्यान्सरको औषधि

कण्टकारीमा पाइने लुपियोल, एपिजिनिन र सोलामार्जिन अल्कलोइड क्यान्सर भएको सेल मार्न सफल देखिएपछि यो क्यान्सरको औषधिका लागि खोजिने बिरुवा बनेको छ।

तीन टोल क्यान्सरपीडित बनेपछि पानी परीक्षण सुरु

हरिवन नगरपालिका–५ घुर्कौलीको सिद्धार्थ टोल, धनपति टोल र गोले टोलका २६ जनाले अढाइ वर्षको अन्तरालमा क्यान्सरका कारण ज्यान गुमाएका छन्। तीनै टोलमा क्यान्सर रोग प्रकोपका रूपमा फैलिएको छ। जसका कारण हाल पनि उक्त टोलमा आठ जना क्यान्सरका बिरामी उपचाररत छन्। दूषित पानीका कारण टोलमा क्यान्सर प्रकोपका रूपमा फैलिएको वडा नं ५ का अध्यक्ष नागेन्द्र साहले बताए।

आमाशय र ठूलो आन्द्राको क्यान्सर बढेको छ

पहिलो नम्बरमा फोक्सोको क्यान्सर। सहरी महिलामा स्तन क्यान्सर र गाउँघरमा बढी पाठेघरको क्यान्सर देखिन्छ। सुरुमा पाठेघरको मुखको क्यान्सर बढी देखिन्थ्यो, अहिले स्तन क्यान्सर बढी देखिएको छ सहरी क्षेत्रमा। गाउँमा भने पाठेघरकै क्यान्सर बढी देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्