coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

सबैखाले रक्त क्यान्सर परीक्षण सुरु

नेपालमा पहिलोपटक सरकारी प्रयोगशालाबाट सबैखाले रक्त क्यान्सरको परीक्षण सेवा सुरु भएको छ। रगतसम्बन्धी उपसमूहगत क्यान्सरको समेत पहिचान गर्न सकिने सबै परीक्षण यो प्रयोगशालाबाट सुरु भएको प्रयोगशालाका सूचना अधिकारी डा. राजेश गुप्ताले बताए। हालै भित्रिएको प्रविधि फ्लोसाइटोमेट्रीबाट परीक्षण सुरु भएको हो।  

यसअघि केही निजी प्रयोगशालाले रक्त क्यान्सरको उपविभाजनहरू पत्ता लगाउन विदेशमा नमूना पठाउँथे। जुन प्रक्रियाले ढिलो रिपोर्ट आउने र र परीक्षण शुल्क पनि महँगो पथ्र्यो। अब नेपालमै परीक्षण सेवा सुरु भएपछि रगतका विभिन्न क्यान्सरका बिरामीले लामो समय नकुरी रिपोर्ट पाउने डा. गुप्ताले बताए। ‘यहाँ रगतमा हुनेल विभिन्न क्यान्सरको रिपोर्ट ३६ देखि ४८ घण्टाभित्र दिने व्यवस्था छ’, उनले भने।  

प्रयोगाशलाले मिर्गौला तथा अन्य अंग प्रत्यारोपण गर्नेहरूबीच अंग मिल्नेनमिल्ने परीक्षण सेवा पनि एचएलए टाइपिङ उपकरणमार्फत सुरु भइसकेको जनाएको छ। यसअघि एचएलए म्याच परीक्षणका लागि पनि विदेश नमुना पठाउनुपर्ने बाध्यता थियो। यी दुवै सेवा सुरु भएपछि विभिन्न नमुना परीक्षणका लागि विदेश पठाउनुपर्ने बाध्यतामा कमी आएको डा. गुप्ताको दाबी छ। ‘धेरैवटा जटिल परीक्षण सस्तो शुल्कमा हाम्रो यही प्रयोगशालाबाट सुरु भइसकेको छ’, उनले भने।  

प्रकाशित: १६ आश्विन २०७८ ०५:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App