५ आश्विन २०८१ शनिबार
image/svg+xml

गौरा पर्वको दोस्रो दिन ‘नानी गौरा’

‘नानी गौरा’ मा ब्रतालु महिलाले हिजो भिजाएका बिरुडा (पाँच प्रकारका अन्न) लाई नजिकका धारा, तलाउमा लगेर धुने गर्छन्।

सुदूरपश्चिममा रावललाई धक्का!

सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेश सभामा दह्रो पकड थियो। रावलको रोजाई अनुसार प्रदेश सरकारमा एमालेका तर्फवाट मन्त्री बन्ने र हट्ने गर्थे। यसैगरि एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँड पनि उनकै चहाना बमोजिम हुन्थ्यो।

सुदूरपश्चिमबाटै जनमोर्चालाई धक्का !

पार्टीको केन्द्रीय तहले विधि विधानविपरीत कार्य गरेको भन्दै सुदूरपश्चिम प्रदेशका जनमोर्चाका कार्यकर्ताहरुले विद्रोह गरेका हुन्। धनगढीमा प्रदेश स्तरीय दुई दिने भेला गरेर राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरूले केन्द्रले विधि विधानविपरीत काम गरेको भन्दै विद्रोहको घोषणा गरेका हुन्।

राजपत्र सुदूरपश्चिममा छापिन सुरु

सुदूरपश्चिम प्रदेशमा मुद्रण मेसिन नहुँँदा राजपत्र छपाउन संघीय मुद्रण विभागमा पठाउनु पर्थ्याे। सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मुद्रण मेसिन जडान गरेर मंगलबारदेखि सुदूरपश्चिम प्रदेशमै राजपत्र छाप्न सुरु गरेको छ।

सुदूरपश्चिममा ओल्के पर्व विपद्‍मा बाँचेको खुसी !

यसै प्रक्रियालाई नै यस क्षेत्रमा ओल्के पर्व भनिन्छ। जुन यस क्षेत्रको आफ्नै मौलिक पर्व हो। विपद्कालमा बाँचेको खुसियाली साट्न यो पर्व मनाउने जानकारहरूको कथन छ। मंगलबार यसैगरी ‘ओल्के’ पर्व रमझमका साथ मनाइएको छ।

दिनहुँ बढ्दै कोराना संक्रमण, परीक्षण न्युन

सुदूरपश्चिममा असारको तेश्रो र चौथो साता कम देखिएको कोराना भाईरसको संक्रमण बढ्न थालेको छ। कोराेना भाईरसको चेन व्रेक नभएकाले मान्छेको चहलपहल बढेसंगै संक्रमण दर बढ्दै गएको हो।

सुदूरपश्चिम प्रदेशः असार महिनामा २८ प्रतिशत बजेट खर्च

वर्षभरीका ११ माहिनामा काम गर्न ध्यान नदिएर असार महिनामा हतार हतारमा काम गरेर बढीभन्दा बढी बजेट खर्च गर्ने परम्परागत समस्या हो। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री बने लगत्तै ‘असारे विकास’ को बिकृती आफ्नो सरकारले राक्ने प्रतिबद्धता गरेका थिए। तर असार महिनामा काम गरेर बजेट सक्ने प्रवृती रोकिएको छैन। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा ११ महिना सम्म बियोजन बजेटको ३९ दशमलव २६ प्रतिशत रकम मात्र खर्च गरेकोमा असार महिनामा मात्र २७.५५ बजेट खर्च गरेको छ।

सुदूरपश्चिम प्रदेश: सेटिङ र असंवैधानिक प्रक्रियाबाट बजेट

बहुमत रहेको सुदूरपश्चिम प्रदेश सरकारले वैधानिक र सहज रुपमा बजेट ल्याउन सक्थ्यो। तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सर्वोच्वको फैसलापछि एमाले र माओवादी केन्द्रमा परिणत भएका पार्टी भित्रको चरम विवाद र सत्ताको खिचातानीका कारण ६/७ महिनादेखि प्रदेश सरकारको प्रदेशेको विकास र जनताको चाहाना बमोजिम काम गर्नेमा ध्यान जान सकेन।

धनगढीमा छैन सार्वजनिक शौचालय, यात्रुलाई सास्ती

कैलालीलाई २०७५ वैशाख ३० गतेका दिन खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो। जिल्लाकै सदरमुकाम मात्रै नभएर धनगढी सुदूरपश्चिमकै प्रमुख व्यापारिक हव पनि हो।

किसानलाई रोपाइँ चटारो, सुदूरपश्चिममा ५० प्रतिशत रोपाइँ

सुदूरपश्चिम प्रदेशमा १ लाख ८५ हजार ८ सय ४७ हेक्टर जमिनमध्ये रोपाइँ हुँदै आएकोमा करिब ५० प्रतिशत जमिनमा रोपाइँ भइसकेको प्रदेश कृषि निर्देशनालय दिपायलले जानकारी दिएको छ।

सुदूरपश्चिम प्रदेशकाे बजेटः ११ महिनामा ३९.२६ प्रतिशत खर्च

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा ११ महिनासम्म विनियोजन बजेटको ३९ दशमलव २६ प्रतिशत रकम मात्र खर्च गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोना : मृत्यु दर शून्य

कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगवाट सङ्क्रमित हुनेको मृत्यु दर शून्यमा झरेको छ ।

सुदूरपश्चिम प्रदेशसभा सदस्यबीच घोचपेच

एक हप्ता पर्खिदासम्म पनि बजेट अधिवेशनमा बोल्न नपाउने अवस्था संसदीय दलबाट सिर्जना गरिएपछि सभामुखसँग गरिएको लिखित आग्रहमा विशेष समयमा बोल्ने अवसर पाइएको भन्दै उनले भने, ‘‘एमाले सांसदलाई बोल्न नदिने चेष्टा गरिएको छ, यो दिन एमाले संसदीय दलको इतिहासमा हामीले विशेष रुपमा हेरेका छौं।’

सुदूरपश्चिम सरकार: बिचौलियोको सेटिङमा बजेट बिनियोजन भएको भन्दै चर्को बिरोध

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०७८/०७९ का लागी प्रस्तुत गरेको बजेटको कमिसनको सेटिङमा योजना राखिएको भन्दै चर्को बिरोध भएको छ।

सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद्लाई वैधानिकता दिन अस्वीकार

सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्लाई वैधानिकता दिन अस्वीकार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्