५ आश्विन २०८१ शनिबार
image/svg+xml

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

बैठकमा कर्णालीमा गएको भूकम्प र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने पनि उनले बताए।

सरकारको कोषमा नेपाली कांग्रेसका तर्फबाट पचास लाख सहयोग

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलब ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम)लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी तुल्याएको नेपाली काग्रसले जनाएको छ।

महिलालाई अवसर दिन पुरुषवादी भावना बाधक छ: सांसद गौतम

नेपाली कांग्रेसकी नेत्री एवं सांसद् प्रतिमा गौतम सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि लामो छलफल हुने तर दिइएका सुझाव सम्बोधन नहुने तथा परिणाम नदिने पुरानो ढर्रालाई परिमार्जन गर्नुपर्ने धारणा राख्छिन्।

बेथितिविरुद्ध मोर्चा बनाएर लड्नुपर्छ: नेत्री पौड्याल

नेपाली कांग्रेसकी नेत्री रमा कोइराला पौड्याल सबै राजनीतिक शक्ति मुलुकका शत्रु गरिबी, भ्रष्टाचार र बेरोजगारीविरुद्धको अभियानमा पनि एकाकार हुन आवश्यक रहेको बताउँछिन्।

सुनथरालीमा फेरि कहिले बस्ला ‘चिलगाडी’

नेपाली कांग्रेसका नेता दमन शाही भन्छन्, ‘कालिकोटको सुनथराली विमानस्थलमा नियमित विमान अवतरण भएको सर्वसाधारणले देख्न चाहेको धेरै दिन भइसकेको छ। अब नियमित उडान हुने गरी जहाज अवतरण गर्नेतर्फ लागौं ।’

पैसा खर्च गरेर ‘माननीय’ बन्ने प्रवृत्तिले भ्रष्टाचार र अस्थिरता निम्त्यायो-सांसद् शाही

नेपाली कांग्रेसका नेता दिक्पालकुमार शाही पार्टीमा कुनै योगदान नै नभएका पनि पैसा खर्च गरेकै भरमा उम्मेदवार बन्ने गलत प्रवृत्तिलाई प्रश्रय दिएकाले समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्छ भन्ने मान्यता राख्छन्।

जनताको काम भएन भने कानुन बनाएको बेकार हुन्छ: नेत्री सेजुवाल

नेपाली कांग्रेसकी नेत्री कान्तिका सेजुवाल जनप्रतिनिधि भएर सदनमा पुगेपछि नयाँ नेपाल निर्माणमा सत्ता र प्रतिपक्षको कित्तामा भन्दा साझा निष्कर्षसहितको एजेण्डा तय गर्दै नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिन्छिन्।

खर्चिलो निर्वाचन प्रणाली सुधार गर्नुपर्छ

नेपाली कांग्रेसका नेता ऐनबहादुर शाही ठकुरी कानून निर्माणसँगै आफ्नो जिल्लाका विकास निर्माण र जनताका समस्याबारे सदनबाट सरकारको ध्यानाकर्षण गराउनु सांसदको प्रमुख जिम्मेवारी भएको बताउँछन्।

नेकपा नेपाली कांग्रेस (माओवादी) !

के, कसरी र किन प्रचण्ड कांग्रेस बैठकमा घुसे ? कुन साइनोले उनले सहभागीको हकमा माइन्यूटमा हस्ताक्षर गरे ?

संसदमा असीमित समयसम्म बोल्न पाउने अभ्यासमा परिमार्जन आवश्यक : सांसद राणा

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य उदयशम्शेर जङ्गबहादुर राणाले संसदमा पूर्वप्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, पूर्वसभामुखलगायतले असीमित समयसम्म बोल्ने पाउने पद्धतिमा परिमार्जन गर्ने बेला आएको बताएका छन्र।

कोसीमा गठबन्धनलाई नै निरन्तरता दिने देउवा प्रयास

सत्तारुढ नेपाली कांग्रेसभित्र कोसी प्रदेश सरकार गठनसँगै आन्तरिक विवाद तीव्र भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग मिलेर शेखर कोइरालानिकट केदार कार्की मुख्यमन्त्रीको जिम्मेवारीमा पुगेसँगै कांग्रसभित्र विवाद चुलिएको हो।

शेखर कोइराला नगएपछि कांग्रेस कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने

शुक्रबार देउवा निवास धुम्बाराहीमा बसेको बैठकमा नेता शेखर कोइराला अनुपस्थित भएपछि बैठक निष्कर्षविहीन भएको हो।

कोसीमा कांग्रेस दुई गुट

नेपाली कांग्रेसका सांसद केदार कार्की र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोसी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

एसइई खारेजीले विश्वविद्यालय प्रवेश आधार कमजोर

हालको विद्यालय शिक्षा विधेयकमा गरिएको माध्यमिक शिक्षा परीक्षा एसइई खारेजीको व्यवस्थाले समग्र विद्यालय शिक्षालाई नै गुणस्तरहीन बनाई विश्वविद्यालयको प्रवेश आधार कमजोर बनाउने भएकाले विधेयक विवादित बनेको छ।

कोसीमा दुई कांग्रेस !

पार्टी सभापति शेरबहादुर देउवानिवासमा बसेको पदाधिकारी बैठकले संविधानको धारा १६८ को ५ अनुसार पार्टीबाट मुख्यमन्त्री दाबी गर्ने निर्णय गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्