३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

कोसीमा कांग्रेस दुई गुट

पार्टी निर्णयविरुद्ध मुख्यमन्त्रीमा कार्कीको दाबी

नेपाली कांग्रेसका सांसद केदार कार्की र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोसी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । कार्की र आङ्बोले बिहीबार प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । कार्कीलाई नेकपा एमालेका ३९ र कांग्रेसका ८ गरी ४७ सांसदको समर्थन छ ।  

आङ्वोलाई पनि नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा) का एक गरी ४७ सांसदको समर्थन छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार बन्ने सरकारको नेतृत्वका लागि दुवैले दाबी पेस गरेका हुन् । संविधानको धारा १६८ को उपधारा ५ मा ‘प्रदेशसभाको कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सक्नेछ’ भन्ने उल्लेख छ । कार्कीले कांग्रेस नेतृत्वको निर्णयविरुद्ध गई मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । उनले आफ्नो दाबी संविधानसम्मत रहेको बताएका छन् । ‘मैले पार्टीमा विद्रोह गरेको नभई संविधानबमोजिम सांसदको अधिकार प्रयोग गरेको मात्रै हुँ,’ उनले भने, ‘संविधानको धारा १६८ को उपधारा ५ अनुसार मेरो पक्षमा प्रदेशसभाको बहुमत पुगेकाले दाबी पेस गरेको हुँ ।’  

नेपाली कांग्रेस कोसी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले भने गठबन्धन दल एकमत रहेको दाबी गरे । उनले शुक्रबार कार्यसम्पादन समितिको बैठक राखेर पार्टीभित्र उत्पन्न समस्या समाधान गर्ने बताए । उनले भने, ‘कार्यसम्पादन समितिको बैठक शुक्रबार राखेका छौं । त्यहीं छलफल गरी समाधान खोज्छौं ।’  

कोसी प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रलाई दिने निर्णय कांग्रेस र ऊ नेतृत्वको गठबन्धनले गरेपछि कांग्रेस सांसद रुष्ट देखिएका छन् । यसैकारण कांग्रेस कोसी प्रदेशसभा संसदी दलका उपनेता हिमाल कार्कीले बिहीबार सो पदबाट राजीनामा दिएका छन् ।

कोसी प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रलाई दिने निर्णय कांग्रेस र ऊ नेतृत्वको गठबन्धनले गरेपछि कांग्रेस सांसद रुष्ट देखिएका छन् । यसैकारण कांग्रेस कोसी प्रदेशसभा संसदी दलका उपनेता हिमाल कार्कीले बिहीबार सो पदबाट राजीनामा दिएका छन् । यसअघि संविधानको धारा १६८ (३) अनुसार सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका एमालेका हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत नपाउने भएपछि राजीनामा दिएका थिए । कार्कीले विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव नराखीकन राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि आह्वान गरेका थिए । मुख्यमन्त्रीमा दाबी पेस गर्न दिइएको समय शुक्रबारसम्म छ ।  

प्रदेश प्रमुखले शुक्रबार मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ । कोसी प्रदेशसभा ९३ सदस्यीय छ । सरकार गठनका लागि बहुमत पु¥याउन ४७ सांसदको समर्थन चाहिन्छ । कार्की र आङवो दुवैले ४७÷४७ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेपछि हस्ताक्षरको आधिकारिकता विषयमा पनि प्रश्न उठेको छ । कांग्रेसका केही सांसदको हस्ताक्षर दुवैतिर छ । मंसिरमा प्रदेशसभा निर्वाचन भएयता कोसीमा पाँचौं सरकार गठनको तयारी भइरहेको छ । उपधारा ५ अनुसार सरकार गठन हुन नसके वा गठन भएको सरकारले विश्वासको मत नपाएमा मध्यावधि निर्वाचन जानुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित: २६ आश्विन २०८० ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App