जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलब ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम)लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी तुल्याएको नेपाली काग्रसले जनाएको छ।
यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न नेपाली कांग्रेसले सबैमा अपील गरेको छ।
यसैक्रममा भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाली कांग्रेसले पचास लाख० नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ।स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेस अपील गर्दछ।
प्रकाशित: १८ कार्तिक २०८० ०७:५० शनिबार