११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

शेखर कोइराला नगएपछि कांग्रेस कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन भएको छ।

शुक्रबार देउवा निवास धुम्बाराहीमा बसेको बैठकमा नेता शेखर कोइराला अनुपस्थित भएपछि बैठक निष्कर्षविहीन भएको हो।

कार्यसम्पादन समितिको बैठक भोलि शनिबार पनि बस्ने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

बैठकमा कोशीमा भएको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने बताइएको थियो।

शुक्रबार कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै शेखर समुहका नेता केदार कार्की ४७ जना सांसदसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्।

उनलाई एमालेका ३९ र कांग्रेसका ८ जना सांसदको समर्थन छ।   

प्रकाशित: २६ आश्विन २०८० १२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App