११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

‘कांग्रेस-एमाले नमिलेसम्म न स्थिरता न विकास’

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस र नेकपा एमाले नमिलेसम्म मुलुकमा राजनीतिक स्थिरता र आर्थिक विकास नहुने बताएका छन्।

निरन्तर संवादमा केपी र शेखर

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सत्ता समीकरण बनाउनुको उद्देश्य सबै वामपन्थी शक्तिलाई नजिक ल्याउनु रहेको बताइरहे पनि सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेखर कोइराला निरन्तर संवादमा छन्।

पार्टी नेतृत्वलाई डा.शेखरको प्रश्न, ‘कांग्रेस सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो?'

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूहरू सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो? भन्दै पार्टी नेतृत्वलाई प्रश्न गरेका छन्।

राष्ट्रिय सभामा काँग्रेस इतर पक्षले माग्यो चार सिट, देउवा भने दुई सिटमै मनाउने पक्षमा

नेता शेखर कोइराला पक्षले दश मध्य चार सिट आफ्नो पक्षले पाउनु पर्ने अडान राख्दै आएका छन्। तर, सभापति देउवा शेखर पक्षलाई दुई सिटमा मनाउने पक्षमा छन्।

शेखर कोइराला नगएपछि कांग्रेस कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने

शुक्रबार देउवा निवास धुम्बाराहीमा बसेको बैठकमा नेता शेखर कोइराला अनुपस्थित भएपछि बैठक निष्कर्षविहीन भएको हो।

कांग्रेस इतर समूहमै मतभेद

नेपाली कांग्रेस इतर समूह ‘रूपान्तरण अभियान’ का कारण विभाजित देखिएको छ। समूहका नेता शेखर कोइराला र पर्टीका महामन्त्री गगन थापाबीच मतभिन्नता देखिएको हो। यसले इतर समूहभित्र फेरि प्रष्ट रूपमा दुई खेमा देखिएको छ।

शेरबहादुरसँग दुरी बढाउँदै शेखर

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा दुरी बढाउँदै जाने संकेत गरेका छन्। पार्टीको १४औं महाधिवेशनमा सभापतिमा देउवासँगै प्रतिस्पर्धा गरेका कोइराला आगामी महाधिवेशनमा पनि सभापतिको प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्।

गुटको साझा धारणा बनाउँदै कोइराला

संस्थापन इतर पक्षका नेता शेखर कोइरालाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुभन्दा तटस्थ बस्नुपर्ने प्रस्ताव पार्टी बैठकमा आफूले राखेको तर सुनुवाइ नभएको बताए।

समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै कोइराला पक्ष आक्रोशित

‘म हाम्रै समूहका पदाधिकारीहरुलाई दह्रो खुट्टा टेकेर न्यायको पक्षमा बोल्न आग्रह गर्दछु। नभए तपाईहरुलाई पनि राम्रो हुनैछैन। पार्टीमा सबैलाई न्याय हुने गरी सभापतिजीले टिकट वितरणमा गरेका निर्णय सच्याउनु भएन भने पार्टीभित्र विद्रोह हुन्छ।’

गठबन्धनले काँग्रेसलाई एक सय सिट छाड्नुपर्छः नेता कोइराला

जनकपुरमा आज प्रेस युनियनको कार्यक्रममा बोल्दै कोइरालाले बहुमत ल्याउन पनि कांग्रेसले १०० सिट लिनुपर्ने बताएका हुन्। कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन र पाँच वर्ष सरकार चलाउन गठबन्धन गर्ने निर्णय गरेको थियो।

‘गठबन्धन अनुपयुक्त’

सत्तारूढ दल गठबन्धन कायमै राखेर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जाने सहमतिसहित सिट बाँँडफाँटमा लागिरहेका बेला प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच सबै दल एक्लाएक्लै निर्वाचनमा जानुपर्ने विषयमा छलफल भएको छ।

सभापति देउवाविरुद्ध संघर्ष गर्ने नेता कोइरालाको चेतावनी

‘पार्टी सभापति शेरबहादुर देउवा विधि र विधान अनुसार अघि बढेमा सहकार्य हुनेछ, त्यसो नभएको खण्डमा संघर्ष हुनेछ,’ सोमबार मोरङ सुन्दरहरैँचाको दुलारीमा आयोजित कार्यक्रममा नेता कोइरालाले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्