७ आश्विन २०८१ सोमबार
image/svg+xml

जेलिएको झेली राजनीति

हिजो आफ्नो स्वार्थका निम्ति दरबारलाई असंवैधानिक कदम चाल्न बाध्य पार्ने, संसद् र संविधान उल्लंघनमा प्रेरित गर्ने शक्ति अहिले अदालतमा शक्ति थुपारेर लोकतन्त्र कमजोर बनाउने षडयन्त्रमा सक्रिय देखिन्छन्।

कार्यकर्ता तान्न ओली–नेपाल होडबाजी

ओलीले केन्द्रीय समितिमा रिक्त ५५ सदस्यमा तत्कालीन वरिष्ठ नेता नेपाल पक्षका नेताहरूमध्येबाटै राख्ने भएका छन्। २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५५ जना नेकपा एस मा लागेपछि ती पद रिक्त भएका हुन्। खाली स्थानमा विगतमा नेपाल खेमामा रहेका नेताहरूलाई मनोनयन गरिने भएपछि धेरै नेता नेकपा एस मा नजाने आकलन गरिएको छ।

सभामुखविरुद्ध ओली सर्वोच्चमा

पार्टीले कारबाही गरिसकेका सदस्यको हस्ताक्षरलाई मान्यता दिएर निर्वाचन आयोगले नयाँ पार्टी दर्ता गर्नु कानुनविपरीत भएको दाबी रिटमा गरिएको छ। ओलीले एकैसाथ तीनवटा रिट दर्ता गराएका छन्।

सभामुख सापकोटा राजमार्गबाट नहिँडी कान्ला–कान्ला र भीरबाट हिँडे : ओली

अध्यक्ष ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिँडी कान्ला–कान्ला र भीरबाट हिँडेको समेत बताए।

जसजसको गठबन्धन बने पनि एमाले एक्लै लड्छ: ओली

अध्यक्ष ओलीले भने, ‘एमालेसँग एक्लै लड्न सकिन्न भन्ने सबैलाई थाहा छ, कसैले नचिताए हुन्छ। एकएक दर्जन मान्छे भएका १० पार्टी मिल्दा कति हुन्छ ? १० दर्जन नै त भए होला नि होइन ? अरू सबै जोड्दा पनि एमालेको कम्मरकम्मर मात्रै आउने हुन्।’

विभाजन अपजसबाट जोगिन आरोप–प्रत्यारोप

केपी शर्मा ओली र माधवकुमार नेपाल विभाजनको दोष एकअर्कामा थोपरेर बढीभन्दा बढी जनप्रतिनिधि र नेता–कार्यकर्तालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन्। ओलीले नेतृत्व गरेको एमालेबाट अलग भएका नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन्।

पार्टी बचाउन माधवलाई बिसौं पटक फोन गरेँ, जहाँ बोलाए त्यही पुगेँः ओली

‘एमाले सिध्याउँछु भनिसकेपछि, देशलाई अप्ठ्यारोमा पार्छु भनिसकेपछि सम्झाएर हुन्छ ?’ उनले भने, ‘हामीले सम्झाउन खोज्यौँ। बुझाउन खोज्यौं। मैले बिसौ पटक फोन गरेँ। जहाँ-जहाँ भन्यो त्यहीँ धाएर भेटेँ। नराम्रो कुरा भइसक्यो, अब चिन्ता गरेर बस्ने होइन। एक दुईवटा पात खस्दैमा रुख पीर मानेर बस्दैन। अर्को टुसो आउँछ।’

वाग्मती प्रदेश सरकार: पूर्णता नपाउँदै धरापमा

संघीय प्रतिनिधिसभाको निर्वाचनमा यी दुवैलाई टिकट नदिएर मुख्यमन्त्री बनाउने भन्दै प्रदेशसभा निर्वाचनमा टिकट दिइएको थियो। नेपाल खेमामा रहेका दुवैले चुनाव जिते। चुनाव जितेपछि अध्यक्ष ओलीकै प्रत्यक्ष दबाबमा उनीहरूलाई प्रदेशसभा संसदीय दलको नेतामा सर्वसम्मत हुन नदिई निर्वाचन गरेर हराइयो।

ओलीले जस्तो हावादारी कार्यक्रम ल्याउँदैनौः प्रदेश मुख्यमन्त्री केसी

ओलीले वर्तमान गठबन्धनलाई तोड्ने कोशिस गरेको भन्दै उनले यो गठबन्धन लामो सयमसम्म रहने दाबी गरे। ‘यो गठबन्धनको शक्तिलाई पारसम्म लान्छौं, प्रतिगामीलाई परास्त गरी विकास कस्तो हो भनी देखाउँछौं’ उनले भने।

केही व्यक्तिको स्वार्थ र अहंकारका कारण पार्टी फुट्योः अध्यक्ष ओली

बिहीबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही व्यक्तिको स्वार्थ र अहंकारका कारण पार्टी फुटेको बताएका हुन्।

अझै पार्टीको नेतृत्व गर्ने ओलीकाे संकेत

‘म स्वाभाविक रुपमा अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रयास गर्छु। अर्को व्यवस्था नभएसम्म वा कसैले चुनौती नदिएको अवस्थासम्म अध्यक्ष हुन्छु।’

मेरो नेतृत्वको सरकारले राति संसद् अन्त्य गरेर बिहान अध्यादेश ल्याएको थिएन: ओली

'मेरो नेतृत्वको सरकारले राति संसद् अन्त्य गरेर बिहान अध्यादेश ल्याएको थिएन' उनले भने, 'अध्यादेश ल्याउन विधि चाहिन्छ। उस्तै मनसाय पनि होइन। त्यसबेला कुनै पार्टी विशेष फुटाउन ल्याइएको थिएन। अहिले माधव नेपालसँग जति सांसद छन् त्यति भए पुग्ने भनेर कानुनमा व्यवस्था गरेको भए हुन्थ्यो नि।'

कसैले त भनेको गरोस्

२०७८ वैशाखमा निवर्तमान प्रधानमन्त्रीले ‘चुनाव हुन्छ हुन्छ’ भनेका हुन्। ‘तपाईंहरू ढुक्क भएर बस्नुस्, चुनाव हुन्छ हुन्छ’ भनेर प्रधानमन्त्रीले कतिपटक भनेका थिए।त्यसपछि मंसिरमा ‘चुनाव हुन्छ हुन्छ’ भनेका थिए। त्यो पनि नहुने भयो।कसलाई भोट दिने कसलाई नदिने भनेर मनमा गुनेर बसिएको थियो। त्यो पनि भएन।

१४ जनामाथि मात्रै कारबाही किन?

सांसदले चाहँदा प्रतिनिधिसभामा राजीनामा बुझाउने हो। सभामुख यो राजीनामाको जानकारी प्रतिनिधिसभामा गराइदिने बाहकमात्र हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्