१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मेरो नेतृत्वको सरकारले राति संसद् अन्त्य गरेर बिहान अध्यादेश ल्याएको थिएन: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले ल्याएको अध्यादेश र अहिलेको अध्यादेशमा धेरै फरक रहेको बताएका छन्। मंगलबार बसेको स्थायी कमिटी बैठकका निर्णयबारे बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा ओलीले यस्तो बताएका छन् ।  

'मेरो नेतृत्वको सरकारले राति संसद् अन्त्य गरेर बिहान अध्यादेश ल्याएको थिएन' उनले भने, 'अध्यादेश ल्याउन विधि चाहिन्छ। उस्तै मनसाय पनि होइन। त्यसबेला कुनै पार्टी विशेष फुटाउन ल्याइएको थिएन। अहिले माधव नेपालसँग जति सांसद छन् त्यति भए पुग्ने भनेर कानुनमा व्यवस्था गरेको भए हुन्थ्यो नि।'

माधव नेपालले एमाले फुटाइसकेपछि उक्त अध्यादेश रद्ध गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेको पनि ओलीले बताए। 'माधव नेपालजीले पार्टी फुटाइसकेपछि अध्यादेश स्वतस् रद्ध गर्ने तयारीमा छन्', उनले भने, 'उनीहरु (शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड) थर्कमान छन्, आफ्नै पार्टीमा पहिरो जाने डरले।' अहिले च्यासलमा उनले पत्रकार सम्मेलन गरिरहेका छन्।

प्रकाशित: ९ भाद्र २०७८ ०७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App