१६ भाद्र २०८३ मंगलबार
image/svg+xml

भोटेकोसी बाढीको क्षति : बिमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी

नेपाल बिमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म १५ वटा बिमा कम्पनीमा २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको अनुमानित दाबी परेको हो।

राष्ट्रियसभाको साझा संकल्प: विदेशी प्राविधिकसहित विपद् व्यवस्थापनमा जुट्न सरकारलाई निर्देशन

राष्ट्रियसभाले रसुवाको भोटेकोशी बाढीपछि उत्पन्न मानवीय संकट समाधानका लागि स्वदेशी तथा विदेशी विज्ञहरू परिचालन गरी युद्धस्तरमा खोज तथा उद्धार अघि बढाउन सरकारलाई औपचारिक निर्देशन दिएको छ।

बुवाआमाको हातबाट टीका लगाएर मानसरोवर हिँडेका पन्थी सम्पर्कविहीन

बिहान कुरा गरेका नारायणले साँझ पुन: परिवारसँग फोनमा कुरा गर्ने प्रतिबद्धता जनाएका थिए।

एमाले संसदीय दलको बैठक सिंहदरबारमा

रसुवामा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षति र त्यसपछि उत्पन्न जटिल परिस्थितिबारे प्रतिनिधिसभामा पार्टीको तर्फबाट प्रस्तुत गरिने विषय तथा एजेण्डा तय गर्न बैठक बसेको हो।

रसुवा बाढी: मृत्यु हुनेको संख्या १,००० पुग्यो

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुने नागरिकको संख्या १ हजार पुगेको छ।

सिंहदरबारमा रास्वपाको नेतृत्वमा सर्वदलीय बैठक सुरु

बाढी तथा त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न यसअघि पनि सर्वदलीय पहल भएको पृष्ठभूमिमा अहिले पुनः दोस्रो तहका नेताहरूबीच बैठक बसेको हो।

रसुवा बाढीको पीडा : ९८७ शव फेला, ५६ जनाको मात्रै पहिचान

बाढीले निम्त्याएको यो त्रासदीमा मृत्यु भएका व्यक्तिहरूको संख्या मात्र होइन, आफन्तले आफ्ना प्रियजनको शवसमेत पहिचान गर्न नसक्ने अवस्था अहिले थप पीडादायी बनेको छ।

रसुवा बाढीपछि पहिचान हुन नसकेका ५८१ शव व्यवस्थापन

प्रहरीका अनुसार मंगलबार बिहानसम्म चितवनमा मात्रै विभिन्न मानव अंगसहित ३२१ वटा शव फेला परेको छ। तीमध्ये अधिकांश शव पहिचान गर्न सकिने अवस्थामा छैनन्।

महाप्रलयजस्तो बाढी आउँदैछ भनेर हामीले स्पष्ट रूपमा बुझाउन सकेनौँ : डा उप्रेती

बाढी आयो भने समुदायले ‘बाढी त सधैँ आउँछ’ भन्ने हुनसक्छ। तसर्थ बाढी आयो भन्ने मात्रै होइन, ‘महाविपत्तिको बाढी आउँदैछ’ भनेर बुझ्नुपर्ने अवस्था हुनसक्छ भन्ने यस घटनाले सिकाएको छ।

भोटेकोशी बाढी : चीनले थप राहत, ड्रोन र डिएनए उपकरण पठाउँदै

खोजी तथा उद्धारका लागि चीनले सुरुङ उद्धारमा विशेषज्ञता भएका दुई टोलीसमेत नेपाल पठाएको थियो। चीनले बाढी प्रभावित क्षेत्रका तस्बिरसँगै भू-उपग्रह तथा जलसम्बन्धी तथ्यांक पनि नेपाललाई उपलब्ध गराएको जनाएको छ।

रसुवा बाढी : राष्ट्रिय सभाबाट विशेष प्रस्ताव पारित

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावलाई सांसदहरूले सर्वसम्मतिले पारित गरेका हुन्।

सीमा क्षेत्रका समस्या आपसी संवाद र समन्वयमार्फत समाधान गर्ने

भारतको पिथौरागढमा नेपाल–भारत सीमा समन्वय समितिको बैठक सम्पन्न भएको छ।

कोलम्बियामा भएको आक्रमणमा २० जनाको मृत्यु

उनले आक्रमणमा २० जना नार्को–आतङ्ककारीहरुको मृत्यु भएको पुष्टि गर्दै पाँच जनालाई पक्राउ गरेको तथा दुई जना नाबालिकालाई उद्धार गरेको सामाजिक सञ्जाल एक्समार्फत बताएका छन्।

‘एकताबद्ध भएर राष्ट्रिय विपत्तिसँग जुधौँ’

राष्ट्रिय सभाका सदस्यहरूले राष्ट्रिय विपत्तिसँग जुध्न एकताबद्ध प्रयासको खाँचो औँल्याउँदै विनाशकारी भोटेकोशी बाढी प्रभावितको खोज, उद्धार, राहत र पुनःस्थापनामा राज्यको सम्पूर्ण तागत लगाउनुपर्नेमा जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्