५ आश्विन २०८१ शनिबार
image/svg+xml

बालबालिकाको शत्रु वायु प्रदूषण

वायु प्रदूषण बाल स्वास्थ्यका लागि प्रमुख खतरामध्ये एक मानिन्छ, पाँच वर्षभन्दा कम आयुका बालबालिकामा १० मध्ये एक मृत्युका लागि वायु प्रदूषण नै जिम्मेवार ठानिन्छ।

नियमित शिक्षासँगै खोप व्यवस्था गर्न बालबालिकाको माग

विश्वभर फैलिएको कोरोनाका कारण आफूहरूको पढाइ बिग्रिएको र लाखौं मान्छेले ज्यान गुमाउनुपरेको कारुणिक भाव गीतको बोलबाट व्यक्त गर्दा कार्यक्रममा उपस्थित सबैका आँखा रसाएका थिए।

युनिसेफ भन्छः जलवायु परिवर्तनका कारण विश्वमा झन्डै एक अर्ब बालबालिका उच्च जोखिममा

विश्वमा हरेक दुईमध्ये एक बालबालिका जलवायु परिवर्तनको गम्भीर नकारात्मक प्रभावको शिकार हुने अवस्थामा रहेका युनिसेफले शुक्रबार बताएको छ। मध्य अफ्रिकी गणतन्त्र, चाड, नाइजेरिया, गिनी र गिनी–बिसामा रहेका बालबालिकाहरू जलवायु परिवर्तनको सबैभन्दा बढी खतरामा रहेका बताइएको छ।

४५ प्रतिशत बालबालिकाको शैक्षिक अवस्था निकै कमजोर : सर्वेक्षण

दिल्ली बाल अधिकार संरक्षण आयोग (डीसीपीसीआर) द्वारा गरिएको सर्वेक्षणअनुसार दक्षिण र दक्षिण–पश्चिम दिल्लीमा बाल गृहमा बसोबास गर्ने झन्डै ४५ प्रतिशत केटाकेटीले दुई अङ्क पहिचान गर्न नसक्ने पाइएको छ।

विद्यालय बन्दको असर: साना बालबालिकाले क,ख बिर्सिए

'राम्रो पढिरहेकी छोरीले अचेल क, ख र ए, बी, सी, डीसमेत बिर्सिएकी छिन्, अस्ति यसो पढाउन खोजेको छोरीले सबै बिर्सिएको देख्दा चिन्ता बढ्यो' अभिभावक छपिलालले भने, 'साना बालबालिकाले छिटो बिर्सने रहेछन्। चार महिनादेखि विद्यालय बन्द हुँदा बालबालिकाको पढाइ लथालिङ्ग भएको छ।'

बालबालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

कोरोनाको जोखिममा बालबालिका रहेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारलाई बालबालिकाका लागि चाहिने स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।

बालबालिकाका लागि खोप र क्वारेन्टिनको व्यवस्था गर्न निर्देशन

प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले बालबालिकालाई प्रयोग गर्न मिल्ने खोपको व्यवस्था गर्न र बालबालिकामैत्री क्वारेन्टिन निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ।

अब बालबालिकाका लागि पनि खोप आउने

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहनीले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्राप्त गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिएका छन्।

हराएका बालबालिकालाई भारतबाट उद्धार

बाँकेको कोहलपुरबाट छ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ। कोहलपुर नगरपालिका– ४ का ती बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट स्वदेश ल्याइएको हो।

एकै गाउँका १२ बालबालिका कोरोना सङ्क्रमित

पर्वतको यो सङ्क्रमणको घटना तेस्रो लहरको सङ्केतका रूपमा व्याख्या गरे पनि भेरियन्टको परीक्षण गर्न स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशलाई अनुरोध गरिएको वडाध्यक्ष क्षेत्रीले बताए।

बालगृहका बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्ट फोन

अभिभावकविहीन बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्ट फोन सहयोग गरिएको छ।

नौ बालबालिकाको उद्धार

लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले आइतबार प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा एक बालिका र आठ बालकलाई परिवारसँग पुर्नमिलन गराएको हो।

अशक्त बालबालिकाको हेरविचार सरकारले गर्नेछ: प्रधानमन्त्री

नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई आज भर्चुअलरुपमा सम्बोधन गर्दै उनले आजका बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमतायुक्त बनाउँदै लैजान सकिए मात्र भोलि देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउनसक्ने बताए।

बाढीमा फसेका ११ जना बालबालिकाको उद्धार

कपिलवस्तुको बिजयनगर गाउपालिका– १ स्थित अरुवा खोलाको बाढीमा फसेका ११ जना बालबालिका उद्धार गरिएको छ। गाईबस्तु चराउन गएका बेला बाढी आएपछि उनीहरु खोलाबीचमै फसेका थिए।

इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रका ३३ हजार बालबालिका मृत्युको मुखमा

संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी कार्यक्रम युनिसेफले इथियोपियाका टिगरे भन्ने स्थानका कम्तीमा पनि ३३ हजार बालबालिका कुपोषणका कारणले ज्यान जाने अवस्थामा पुगेका बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्