२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

४५ प्रतिशत बालबालिकाको शैक्षिक अवस्था निकै कमजोर : सर्वेक्षण

दिल्लीमा रहेको बालगृहमा शैक्षिक सिकाइको कमी रहेको एक सर्वेक्षणले देखाएको छ। दिल्ली बाल अधिकार संरक्षण आयोग (डीसीपीसीआर) द्वारा गरिएको सर्वेक्षणअनुसार दक्षिण र दक्षिण–पश्चिम दिल्लीमा बाल गृहमा बसोबास गर्ने झन्डै ४५ प्रतिशत केटाकेटीले दुई अङ्क पहिचान गर्न नसक्ने पाइएको छ। उनीहरूमध्ये २५ प्रतिशत बालबालिकाले यो दुई अङ्कमा लेखिएको कुरालाई पहिचान गर्न नसकेको सर्वेक्षण रिपोर्टमा उल्लेख छ।

डीसीपिसीआरले जुलाईमा दिल्लीको दक्षिण र दक्षिणपश्चिम जिल्लाका ३० वटा बालआश्रमहरूमा सर्वेक्षण गरेको थियो। सर्वेक्षणमा ६–१८ वर्षका ४०० बालबालिकालाई समावेश गरिएको थियो। सर्वेक्षण गरिएकाहरूमध्ये अधिकांश १२–१८ वर्षका थिए। दिल्लीभरि लगभग १०० वटा बाल स्याहार गृहहरू रहेका छन्।

सर्वेक्षण रिपोर्टले दिल्लीका यी बाल स्याहार गृहमा रहेका १८ प्रतिशत बालबालिकाले हिन्दी वर्णमालालाई चिन्न नसकेको र ३७।५ प्रतिशतले हिन्दी कथाहरू राम्ररी पढ्न नसकेको देखाएको छ। गणितको ज्ञानको सन्दर्भमा यी बालबालिकाको स्तर झनै चिन्ताजनक रहेको अध्ययनले देखाएको छ।

यहाँका ५५ प्रतिशत बालबालिकाले मात्र दुई अङ्क पढ्न वा पहिचान गर्न सक्छन्। तथापि, दिल्लीभरिका सबै बाल–स्याहार गृहको अवस्था भने यस्तो नभएको अध्ययनमा उल्लेख गरिएको छ। 

प्रकाशित: ३० श्रावण २०७८ १४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App