११ मंसिर २०८१ मंगलबार
image/svg+xml

बढ्यो व्यापार घाटा : आयात साढे नौ खर्ब , निर्यात सवा ६१ अर्ब मात्र

पेट्रोलियम पदार्थ, तयारी पोशाक, एसएस बिलेट, हवाईजहाज तथा पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ। भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारीलगायत वस्तुको पनि आयात घटेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

भैरहवा भन्सारको व्यापार घाटा आठ महिनामै डेढ खर्ब नाघ्यो

साउनदेखि फागुन मसान्तसम्मको व्यापार घाटा एक खर्ब ५५ अर्ब १८ करोड ८३ लाख पुगेको भन्सार कार्यालयले जनाएको छ। गत वर्षको तुलनामा चालु वर्षको घाटा १८ अर्ब ४१ करोड ३२ लाखले बढी हो। गत वर्षको सोही अवधिको घाटा एक खर्ब ३६ करोड ७७ लाख थियो।

व्यापार घाटा बढ्यो

चालू आर्थिक वर्षको सात महीनामा कूल वस्तु व्यापार घाटा २७ दशमलव एक प्रतिशतले वृद्धि भएको छ। व्यापार घाटा बढेर रु सात खर्ब ८० अर्ब १७ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महीनाको विवरणमा व्यापार घाटा बढेको उल्लेख गरेको छ। सो अवधिमा कूल वस्तु आयात २६ प्रतिशतले बढेर रु आठ खर्ब ३३ अर्ब २७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८ दशमलव नौ प्रतिशतले बढेको थियो।

अर्थतन्त्रमा गम्भीर असरको संकेत

निर्वाचनपछि बनेको स्थिर सरकारको यो पहिलो वर्ष हो। ०७३/७४ मा ७.१ प्रतिशत आर्थिक वृद्धि हासिल भएको थियो। अहिले पनि यसमा महत्वपूर्ण हिस्सा कृषि क्षेत्रकै छ। ग्रामीण क्षेत्रको अर्थतन्त्रसँग जोडिएको कृषिमा असर पर्ने अवस्थामा आर्थिक वृद्धिदर पनि प्रभावित हुने देखिन्छ।

किसानलाई अण्डामा दुई रुपैयाँ घाटा

खैरहनी नगरपालिका–१ ज्यामिरेका अर्जुन अर्यालले कुखुरापालन गर्न थालेको १८ वर्ष भयो। अहिले उनको खोरमा अण्डा दिने लेयर्स प्रजातिका ८० हजार कुखुरा छन्। पाँच हजार कुखुरा राखेर कुखुरा पाल्न सुरु गरेका उनीसँग एक लाख कुखुरापालन गर्ने क्षमताको खोर छ। वार्षिक २० प्रतिशत लगानी बढाउँदै व्यवसाय विस्तार गर्दै लगेको उनको भनाइ छ।

नियमित विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्टलाई करौडौं घाटा

पुनर्जीवन पाएको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग प्रालि पछिल्लो महिना नियमित विद्युत् नहुँदा थलिँदै जान थालेको छ। एक सेकेण्ड मात्र विद्युत् अवरुद्ध हुँदा पनि लाखौं घाटा लाग्ने उद्योगमा दैनिक १३ घण्टासम्म विद्युत् कटौती हुन थालेको छ।

शोधनान्तर घाटा ८० अर्बभन्दा बढी

मुलुकमा उच्च आयातका कारण गत आर्थिक वर्षको तुलनामा शोधनान्तर घाटा ८० अर्ब रुपैयाँले बढेको छ। गत आवको मंसिरसम्म शोधनान्तर घाटा पाँच अर्ब ४८ करोड रुपैयाँ रहेकामा चालु आवमा यो ८५ अर्ब ३२ करोड रुपैयाँ पुगेको हो। अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्षको पाँच महिनामा शोधनान्तर घाटा पाँच करोड ३९ लाख डलर रहेकामा यो वर्ष ७५ करोड एक लाख डलरले घाटा भएको छ।

शोधनान्तर घाटा ५७ अर्ब

चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको शोधनान्तर घाटा ५७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही समयमा दुई अर्ब ४० करोडले बचतमा थियो। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको चार महिनामा दुई करोड २३ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ५० करोड ३६ लाखले घाटामा रहेको छ।

रणनीति तयारीमा अर्थ मन्त्रालय जुट्यो

चुलिँदो व्यापार घाटाबाट आत्तिएको अर्थ मन्त्रालयले यसलाई कसरी कम गर्ने भन्ने रणनीति तयार गर्न सरोकारवाला मन्त्रालयलाई छलफलमा डाकेको छ।

व्यापार घाटामा सघाउन विश्व समूदायसँग नेपालको अनुरोध

व्यापार घाटा नियन्त्रण गर्न नसकेको सरकारले घाटा कम गर्न सघाउन विश्व समूदायसमक्ष आग्रह गरेको छ। नेपालको व्यापार नीति समिक्षा गर्नेक्रममा विश्व व्यापार संगठनको प्रधान कार्यालय जेनेभामा आयोजित व्यापार नीति समीक्षा बैठकमा नेपाल पक्षले विश्व व्यापारबाट नेपाललाई लाभ दिलाउन विभिन्न अपेक्षासमेत राखेको छ।

बजेटभन्दा घाटा ठूलो

निर्यातको तुलनामा आयातको दर उच्च भएपछि चालु आर्थिक वर्षमा बजेटभन्दा व्यापार घाटाको आकार ठूलो हुने देखिएको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको चार महिनामा व्यापार घाटा चार खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ।

व्यापार घाटा साढे ४ खर्ब, निकासी १०.७ प्रतिशत बढ्दा आयात भने ३८ प्रतिशत बढ्याे

चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म व्यापार घाटा चुलिँदै गएको पाइएको छ। आर्थिक वर्ष२०७५/७६को पहिलो चार महिनामा भएको वैदेशिक व्यापारको ९४.३ प्रतिशत हिस्सा आयात कै छ। पेट्रोलियम आयतको उच्च बृद्धिले व्यापार घाटा बढाउँदै गएको छ।

मौलिकता मास्दै, पर्यटक बोलाउँदै !

बजेट घाटा, भुक्तानी असन्तुलन, व्यापार घाटा, डलरसँगको गिर्दो विनिमयदर, मुद्रास्फिति, बेरोजगारी, विकास बजेटको दुर्बल स्थिति- आर्थिक सूचकांकमा कमजोरीको पराकाष्ठा छ। सबै आर्थिक सूचकाङ्क डरलाग्दोसँग बिग्रिएका छन् । सानो बजार, भूपरिवेष्टित, अझ भारतवेष्टित र अर्को छिमेकी चीनपट्टि दुर्गम हिमाली भूगोलले हामीलाई वैदेशिक वृष्टिछायाँमा धकेलेको छ।

आयल निगमलाई चार महिनामा पौने चार अर्ब घाटा

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र डलर बलियो हुँदा नेपाल आयल निगमले साढे चार महिनाको अवधिमा पौने चार अर्ब रुपैयाँ घाटा बेहोरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म करिब तीन अर्ब ८२ करोड रुपैयाँ घाटा भएको निगमले जनाएको छ ।

व्यापार घाटा दुई महिनामै रु २१७ अर्ब: राष्ट्र बैंक

मुलुकको व्यापार असन्तुलन व्यापकरुपमा बढेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको पहिलो २ महिनाको आर्थिक स्थितिको तथ्यांकले आयात ३८.५ प्रतिशतले बढेर दुई खर्ब ३२ अर्ब ३५ करोड रुपैयाँ पुगेको देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्