२१ आश्विन २०८१ सोमबार
image/svg+xml

शिक्षा क्षेत्रका समस्या समाधानको पहल लिन्छु: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा क्षेत्रमा देखिएका समस्याहरू तत्काल समाधान गर्न पहल गर्ने बताएका छन् । सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपाल (पेट्सान)ले आयोजना गरेको एक कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य थापाले संघीय संसदबाट पारित भएको शिक्षा विधेयकमा केही समस्या भए त्यसमा पुर्नविचार गर्न सकिने बताएका हुन्।

शिक्षासेवी भट्टराईलाई धर्मशास्त्र पुरस्कार

शिक्षासेवी तथा नेपाल संस्कृत विश्वविद्यालय (नेसंविवि) का पूर्वशिक्षाध्यक्ष पुरुषोत्तम भट्टराईलाई धर्मशास्त्र पुरस्कारद्वारा सम्मान गरिएको छ। शिक्षा क्षेत्रमा अविश्रान्त सेवारत भट्टराईलाई ११ हजार १ सय ११ रूपैयाँ राशिसहित सम्मान गरिएको हो।

ग्रिनफिल्डकाे विजयी सुरुवात

आयोजक ग्रिनफिल्ड नेसनल स्कुलले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा विजयी सुरुवात गरेको छ।

सरकारको प्रतिबद्धतासँगै निजी विद्यालयका सञ्चालकको आन्दोलन स्थगित

निजी विद्यालयहरूले प्रस्तावित शिक्षा विधेयकविरुद्ध गरेको आन्दोलनको कार्यक्रमहरु फिर्ता लिएका छन्।

प्रस्तावित विद्यालय शिक्षा ऐन विरुद्ध शिक्षक आन्दोलनमा

शिक्षण पेशाप्रति आकर्षण र सम्मानमाथि ठेस पुुग्नेगरी ‘संघिय शिक्षा ऐन २०८०’ ल्याउन लागिएको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

नर्सिङ कलेज सञ्चालक आन्दोलित

चितवनका नर्सिङ कलेज बन्द भएपछि सञ्चालकहरु आन्दोलित भएका छन्। उनीहरुले चिकित्सक शिक्षा सरोकार सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाएका छन्।

प्रविधिमैत्री बनाइँदै विद्यालय

अर्घाखाँचीको सन्धिखर्क-२ शंखेटारीस्थित भगवती माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउन २२ लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको छ।

‘नेपाली लगानी डुबाउने, विदेशीलाई पोस्ने’

सरकारले गरेको एउटा सानो नीतिगत निर्णयले निजी क्षेत्रको १५ अर्ब रूपैयाँ लगानी डुबेको छ। सरकारले नर्सिङ अध्ययन गराउने शिक्षालयहरूको सय शड्ढयाको आफ्नै अस्पताल हुनुपर्ने बाध्यात्मक व्यवस्था गरेपछि ती संस्था अप्ठेरोमा परेका छन् भने छिमेकी मुलुक भारतका सीमावर्ती इलाकामा खुलेका स्वास्थ्य शिक्षाका कलेजमा नेपाली विद्यार्थीको चाप बढेको छ।

संस्कृत विश्वविद्यालयको लापरवाहीले रोकिए परिक्षा, आएन नतिजा

राजनीतिक प्रतिशोधले थलिएको दाङ स्थित नेपाल संस्कृत विश्वविद्यालयमा परिक्षा समितिको बेमतलवका कारण विद्यार्थीहरुको परिक्षा तथा नतिजा प्रकाशन रोकिएको छ।

उपकुलपति डा. बास्कोटाको पालामा त्रिविमा ३४१ दिन तालाबन्दी

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा प्राध्यापक डा. धर्मकान्त बास्कोटा उपकुलपति नियुक्त भए यता ३४१ दिन तालाबन्दी भएको छ।

विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरूले नै बोकेर हिँडिदिए: त्रिवि उपकुलपति बास्कोटा

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन समेत राख्न नदिएको खुलासा भएको छ।

५२ वर्षपछि फेरिंदै विद्यालय शिक्षा कानुन

५२ वर्षअघि अर्थात् २०२८ सालमा जारी भएको शिक्षा ऐन विस्थापित हुने गरी सरकारले विद्यालय शिक्षासम्बन्धी हालसम्मका कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक विधिवत् रूपमा अघि बढाएको छ।

विश्वविद्यालय सेमेस्टर प्रणालीको औचित्य

शिक्षामा पठनपाठनका विभिन्न विधि÷आयाम विद्यार्थीको उन्नयन खातिर प्रयोग भएको पाइन्छ। जसलाई समयानुकूल परिमार्जन गर्दै लानु आवश्यक हुन्छ। यस लेख वर्तमानमा चलिरहेको जल्दोबल्दो शैक्षिक प्रणाली ’सेमेस्टर’ कै सेरोफेरोमा रहनेछ। जसले वार्षिक प्रणालीलाई लगभग किनारीकृत गरिसकेको छ।

सामुदायिक विद्यालयका विद्यार्थी लिन घरघरमै गाडी

बागलुङको गलकोट क्षेत्रबाट दिनदिनै विदेश जानेको संख्या बढ्दो छ। युवा जनशक्ति विदेश पलायन भएपछि यहाँका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्