१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
शिक्षा

प्रस्तावित विद्यालय शिक्षा ऐन विरुद्ध शिक्षक आन्दोलनमा

फाइल तस्बिर

शिक्षण पेशाप्रति आकर्षण र सम्मानमाथि ठेस पुुग्नेगरी ‘संघिय शिक्षा ऐन २०८०’ ल्याउन लागिएको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

नेपाल शिक्षक महासङ्घले आव काठमाडौंमा पत्रकार सम्मेलन गरी साउन २८ देखि लागू हुने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। स्थायी, अस्थायी, करार, राहत, साबिक उच्च माध्यमिक विद्यालय, बाल कक्षा, विशेष कक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका माग प्रस्तावित ऐनले सम्बोधन नगरेको भन्दै आन्दोलन गर्न बाध्य भएको उनीहरुले बताएका छन्। 

महासंघका महासचिव लक्ष्मीकीशोर सुवेदीले सरकारका प्रतिनिधिहरूले आफूसँग छलफल नै नगरी मस्यौदा ल्याएको भन्दै आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए। उनले अहिले सार्वजनिक भएको ‘विद्यालय शिक्षा ऐन २०८०’ ले प्रबन्ध गरेका केही दफाहरू संविधान प्रदत्त ट्रेड युनियन अधिकार, पेसागत सुरक्षा र स्वविमानको विरुद्धमा रहेको धारणा व्यक्त गरे। 

नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले प्रस्तावित मस्यौदामा सम्बन्धित स्थानीय तहको वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने अधिकार विद्यालयको हकहितका लागि नहुने बताए। उनले सरकारले ट्रेड युुनीयनको अधिकार हनन गर्न खोजेको बताए।  शिक्षकलाई दुःख दिँदैमा शिक्षाको गुणस्तर नसुध्रिने बताए।

महासङ्घले शिक्षकमैत्री शिक्षा ऐन नआए आन्दोलनलाई जारी राख्ने चेतावनी दिएको छ। 

  

 

प्रकाशित: २६ श्रावण २०८० १०:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App