अमेरिका र क्यानडामा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्टरनेशनल एण्ड ग्लोबल करिअरसमिट २०२६’ आयोजना हुने भएको छ । अर्बिट इन्टरनेशनल एजुकेशन र स्ट्र होल्डिङ्सको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रम अमेरिकास्थित एमपावर फाइनान्सिङ कम्पनीको सहकार्यमा सञ्चालन हुन लागेको हो । एमपावरले अमेरिका र क्यानडा पढ्न चाहने विद्यार्थीका लागि विना धितो शैक्षिक ऋण प्रदान गर्छ ।
आगामी चैत १५ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सो समिट सञ्चालन हुने स्ट्र होल्डिङ्सले जनाएको छ ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा एमपावरका अन्तर्राष्ट्रिय विशेषज्ञहरू सहभागी हुनेछन् । विदेश अध्ययनका क्रममा देखिने आर्थिक चुनौती, विशेष गरी शैक्षिक ऋण व्यवस्थापनका विषयमा उनीहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने आयोजकले जनाएको छ ।
विशेषज्ञहरूले धितो बिना शैक्षिक ऋण कसरी प्राप्त गर्न सकिन्छ भन्नेबारे जानकारी दिनुका साथै अमेरिका र क्यानडामा अध्ययनका लागि आवश्यक वित्तीय योजना कसरी बनाउने भन्ने विषयमा पनि स्पष्ट मार्गदर्शन गर्ने बताइएको छ ।
विदेश अध्ययन केवल विद्यार्थी मात्र नभई अभिभावकको समेत महत्वपूर्ण निर्णय हुने भएकाले कार्यक्रममा दुवै पक्षलाई लक्षित विशेष सत्रहरू राखिएको आयोजकले जनाएको छ ।
विदेशमा बसाइँका क्रममा सुरक्षा, स्वास्थ्य बीमा, र विद्यार्थीहरूको जीवनशैली व्यवस्थापनबारे जानकारी दिइने छ । साथै, अध्ययनपछिका अवसरहरू जस्तै अमेरिकाको व्यवहारिक बैकल्पिक प्रशिक्षण र क्यानडाको वर्क परमिट प्रणाली—का फाइदाबारे पनि छलफल हुनेछ ।
यसका साथै, समिटलाई अझ रोचक बनाउन एमपावरले ‘आइसब्रेकर’ गतिविधि र ‘कहुट’ हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गर्नेछ । जहाँ सहभागीहरुले आकर्षक उपहार जित्न सक्नेछन् । प्रारम्भिक रूपमा सहभागी हुनेहरूलाई पावर बैंक र थर्मल टम्बलर उपहार दिइनेछ भने एक जना भाग्यशाली सहभागीले आई प्याड जित्ने अवसर पाउनेछन् । समिटमा सहभागी हुन कुनै शुल्क लाग्ने नलाग्ने तर, सीमित सिटका कारण इच्छुक विद्यार्थी र अभिभावकले अग्रिम दर्ता गर्नुपर्ने आयोजकले जानकारी दिएको छ ।
विदेश अध्ययनको योजना बनाइरहेका विद्यार्थीका लागि यो सम्मेलन उपयोगी अवसर बन्ने अपेक्षा गरिएको छ ।
प्रकाशित: ११ चैत्र २०८२ १८:३७ बुधबार





