१ आश्विन २०८१ मंगलबार
image/svg+xml
शिक्षा

शिक्षासेवी भट्टराईलाई धर्मशास्त्र पुरस्कार

शिक्षासेवी तथा नेपाल संस्कृत विश्वविद्यालय (नेसंविवि) का पूर्वशिक्षाध्यक्ष पुरुषोत्तम भट्टराईलाई धर्मशास्त्र पुरस्कारद्वारा सम्मान गरिएको छ। शिक्षा क्षेत्रमा अविश्रान्त सेवारत भट्टराईलाई ११ हजार १ सय ११ रूपैयाँ राशिसहित सम्मान गरिएको हो।

भट्टराईले सुनसरीको धरान–१४ विजयपुरमा पिण्डेश्वर संस्कृत माध्यमिक विद्यालय स्थापना गरी कक्षा १२ सम्म सञ्चालन गरिरहेका छन्। सुरुमा निजी लगानी र पछि आंशिक रूपमा दाताहरूको समेत सहयोगमा सञ्चालित सो विद्यालयमा हाल ७० जना विद्यार्थीले निःशुल्क अध्ययन गरिरहेको उनले बताए।

शिक्षासेवी तथा समाजसेवी स्व. मनोरथ भट्टराईको इच्छाअनुसार उनका छोराहरू नेसंविविअन्तर्गत वाल्मीकि विद्यापीठका धर्मशास्त्र विभागप्रमुख प्राध्यापक डा. देवमणि भट्टराई, सहप्राध्यापक नेत्रविनोद भट्टराई र आचार्य छविलाल भट्टराईद्वारा सो पुरस्कार यसै वर्ष स्थापना गरिएको हो।

पुरस्कार सिफारिस समितिको संयोजकमा प्राध्यापक डा. माधव भट्टराई, सदस्य सचिवमा पण्डित अरूणकुमार पाण्डेय र सदस्यमा प्राध्यापक डा. देवमणि भट्टराई छन्। भुल्केली भट्टराई सेवा समाजको नियमित भेलाको क्रममा समाजका सल्लाहकार तीर्थराज भट्टराईमार्फत शनिबार सो पुरस्कार प्रदान गरिएको हो।

सो पुरस्कार सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई दुईदुई वर्षमा प्रदान गरिने निर्णय गरिएको समितिले जनाएको छ।

प्रकाशित: २८ श्रावण २०८० ०१:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App